१० साउन काठमाडौ । काठमाडौँ महानगरपालिकाले शंखमूलको दोभानमा सञ्चालन भई रहेएको प्रथम शंखमूल तीर्थ सवाङणी महोत्सवमा अवरोध गरिएको छ ।सार्वजानिक स्थलमा अनुमति विनम धार्मिक महोत्सव सञ्चालन गरेको सूचनाको आधरमा महानगर प्रहरीको टोली शंखमूल पुगेको थियो ।यहाँ महोत्सव गर्दा अनुमति विना होहल्ला हुने गरी धार्मिक कार्यक्रम भइ रहेएको भने कूरा को गुनासो आए पछि कार्यक्रम नगर्ने आयोजकलाई निर्दैशन दिइएको महानगर प्रहरी निरिक्षक विवेक आर्यालले बताएका छन्। नगर प्रहरीको अवरोधका कारण केही घण्टा धार्मिक महोत्सव प्रभावित बनेको थियो ।
आयोजकले वाड कार्यलय मार्फत अनुमति लिएर भए पनि धार्मिक महोत्सवलाई लिरन्तर दिने अणन राखेको थियो । सोही अणन बमोजिम आयोजक समिति वडा कार्यलयमा अनुमति लिन गएको पछि महानगरको टोली फर्किएको थियो । ओमकार फाउन्डेशन र दोभान विकास समितिको आयोजनमा एक साउन देखि शंखमूलको दोभानमा धार्मिक महोत्सव सञ्चालन हुदै आएको छ । स्थानियले भने सो स्थाल धार्मिक स्थालमै भएकाले अाफुहरुले महोत्सव गरेको बताएका थिए। नगर प्रहरीले स्थानियका विचमा केही बेर भन्न भन समेत भएको थियो । आफुहरुले लिखित रुपमा अनुमति लिएर भए पनि अन्ष्ठन सञ्चालन गर्ने । तर नरोक्ने स्थानियले बताएका छन्।धार्मिक महोत्सवमा कोटेश्वर,शान्ति नगर, शंखमूल लगायतका क्षेत्र १३ वटा धार्मिक तथा सामाजिक संघ संस्थाहरु सहभागीता भएका थिए ।