Logo

बुधवार, श्रावण १३ गते २०८३

मलेसियाद्वारा घरेलु कामदार पठाउने गरी श्रम सम्झौता नवीकरण गर्न नेपाललाई प्रस्ताव

मलेसियाद्वारा घरेलु कामदार पठाउने गरी श्रम सम्झौता नवीकरण गर्न नेपाललाई प्रस्ताव

जोईन खबर

२०, माघ २०७९
  • 712
    SHARES
  • मलेसियाद्वारा घरेलु कामदार पठाउने गरी श्रम सम्झौता नवीकरण गर्न नेपाललाई प्रस्ताव

    काठमाडौँ — मलेसियाले घरेलु क्षेत्रमा नेपाली कामदारलाई पठाउने गरी श्रम सम्झौता नवीकरण गर्न शुक्रबार प्रस्ताव राखेको छ । २०७५ कात्तिक ११ गते नेपाल र मलेसियाबीच भएको श्रम सम्झौतामा घरेलु कामदार पठाउने विषय उल्लेख छैन ।

    images

    thumb.jpg

    श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालको नेतृत्वमा काठमाडौंको सोल्टी होटलमा भएको द्वीपक्षीय बैठकमा मलेसियाको तर्फबाट मलेसियन गृहमन्त्री फुद्दिन नासुसन इजमाइलले घरेलु कामदार पठाउन प्रस्ताव राखेको हो । नेपालले यो प्रस्तावलाई नेपाल र मलेसियाको संयुक्त प्राविधिक बैठकमा एजेन्डा बनाउन तयार भएको छ । यो बैठक तीन महिनाभित्र राख्न मलेसिया तयार भएका छन् ।

    ‘मलेसियाले घरेलु कामदारलाई पठाउन राखेको प्रस्तावलाई संयुक्त प्रविधिक समितिको बैठकमा राखेर टुंगाउन तयार भएका छौं,’ बैठकमा सहभागी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहायक प्रवक्ता कविराज उप्रेतीले इकान्तिपुरलाई भने ।

    बैठकमा मलेसियाले तुरुन्तै ५ लाख विदेशी कामदार लैजान ‘फरेन वर्कर इम्प्लोइमेन्ट रिल्याक्सेसन प्लान’ ल्याएको बारे नेपाललाई औपचारिक रुपमा जानकारी दिएको छ । ‘हामी तुरुन्तै ५ लाख विदेशी कामदार लैजान्छौं । यसमा नेपाली कामदारलाई उच्च प्राथमिकतामा राखेका छौं,’ मलेसियन गृहमन्त्रीको भनाइ उद्धत गर्दै उप्रेतीले भने,‘त्यसको लागि हाम्रो गृह र मानव संशाधन मन्त्रालयबीच लाग्ने समय घटाएका छौं । यो व्यवस्थापनलाई अझ सहज र चुस्त बनाएका छौं ।’

    बैठकमा ५ लाख विदेशी कामदारमध्ये नेपालीबाट लैजाने संख्या भने स्पष्ट तोकिएन ।

    मलेसियन पक्षले कम्पनी छाडेर वा भिसाको म्याद समाप्त भएपछि पनि बसिरहेका अलेखबद्ध (गैरकानुनी हैसियत भएका) कामदारलाई पुनः कानुनी हैसियतमा ल्याउने गरी नयाँ कार्यक्रम ल्याएको जानकारी दिइएको थियो । ‘अन्य देशका नागरीकको तुलनामा मलेसियामा नेपाली नागरिकहरु एकदमै कम अलेखबद्ध हैसियतमा बसिरहेका छन् । उनीहरुमाथि धेरैको मुद्दामामिला छैन’, मलेसियन पक्षको भनाइ थियो,‘उनीहरुले पुन: आफ्नो हैसियतलाई वैधानिक बनाउन पाउने बाटो खुल्ला भएको छ ।

    बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री अर्यालले नेपाल र मलेसियाबीच भएको श्रम सम्झौतालाई प्रभावकारी कार्यान्वयन गर्न मलेसियाको सहयोग गर्नुपर्ने वताए । ‘शून्य लागतमा कामदार जान पाउने गरी भएको श्रम सम्झौताको प्रभावकारी हुनुपर्छ भन्नेमा हामी दृढ छौं । यसमा मलेसियाले पनि आफ्नो तर्फबाट सक्दो सहयोग हुनेछ भन्नेमा हामी आशावादी छु,’ मन्त्री अर्यालले भने ।

    नेपालले मलेसियामा कार्यरत सबै नेपाली कामदारलाई सामाजिक सुरक्षा कार्यक्रम (सोस्को)मा समेट्नका लागि अनुरोध गरेको छ । बैठकमा नेपाली सुरक्षागार्डको अवस्थाबारे पनि छलफल भएको छ । श्रम मन्त्रालयले नेपालबाट प्रहरी, सेना र सशस्त्र प्रहरी छिट्टै अवकाश पाउने हुँदा उचित तलब सेवा सुविधा दिइ सुरक्षा गार्डमा आकर्षित गर्नुपर्नेमा जोड दिइएको थियो । ‘हामीसँग तालिमयुक्त सुरक्षाकर्मीहरु छन् । उनीहरुले उचित सेवा सुविधा भएमा मलेसियाको रोजगारीमा आकर्षित हुनेछ,’ मन्त्री अर्यालको जोड थियो, ‘सीपयुक्त जनशक्ति उत्पादनमा नेपालको सधैं जोड छ ।’

    प्रकाशित मिति :माघ २०, २०७९ शुक्रवार - १५:३८:३२ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको