Logo

बुधवार, कार्तिक १२ गते २०८३

गोरखा नगरपालिका र शहिद लखन तथा सिरानचोक गाँउपालिका ८ जनामा डेंगु संक्रमण

गोरखा नगरपालिका र शहिद लखन तथा सिरानचोक गाँउपालिका ८ जनामा डेंगु संक्रमण

जोईन खबर

१२, श्रावण २०८०
  • 733
    SHARES
  • गोरखा नगरपालिका र शहिद लखन तथा सिरानचोक गाँउपालिका   ८ जनामा डेंगु संक्रमण

    १२ साउन काठमाडाै ।गोरखा नगरपालिका र शहिद लखन गाउँपालिका तथा सिरानचोक गाँउपालिकामा  ११ दिन  भित्रमा चेकजाँच गर्दा  ८ जनामा संक्रमण देखिएको गोरखा अस्पताल प्रशासाले बताएकाे हाे ।गोरखा नगरपालिकामा बसोबास गर्नेहरु  नागरिकमा  बढी संक्रमीत  देखिएकाे  अस्पतालले जनाएकाे छ । गोरखा नगरपालिका वडा न  ८ मा २ जना,वडा न २ मा  १ जना,  वडा ६ मा १ जनामा ,शहिद लखन गाउँपालिका वढा न  ७ मा २ जना  वडा न  ४ मा १ जनामा ,सिरानचोक गाँउपालिका वढा न  ८ मा  १ जना संक्रमण देखिएकाे र  आर्थिक बर्षको पहिलो ११ दिनमा जिल्लाको  एक नगर पालिका र  दुई गाउँपालिका  गरी ८ जनामा संक्रमण  दखिएकाे अस्पताल सूचना अधिकारी कृष्ण ढकालले जानकारी दिनुभयो ।

    images

    सबैखाइ  गोरखा अस्पतालमा चेकजाँच परिक्षण  गरे पछि अस्पतालले डेंगु  संक्रमण   जनाएको हाे । उनीहरुमा उच्च जरो देखिए पछि गोरखा अस्पतालमा परिक्षणका क्रममा संक्रमीत भएको पाईएको हो । संक्रमीत ३ जनालाई भने थप उपचारको लागि जिल्ला बाहिर पठाईएको र अन्य ५ जनाको भने  गोरखा अस्पतालमा उपचार भईरहेको प्रशासाले जनाएकाे छ ।

    images
    images
    images

    प्रकाशित मिति :श्रावण १२, २०८० शुक्रवार - १५:१५:०६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको