१५ साउन काठमाडाै । बागमती प्रदेश मुख्यमन्त्री शालिकराम जमकट्टेलको प्रमुख आतिथ्यतामा वर्ष २०२३/२४ को प्रथम क्याबिनेट बैठक अफिसर्स इन्स्टलेसन एण्ड क्याबिनेट मिटिङ सम्पन्न भएको छ । लायन्स क्लव इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एल नेपालको प्रथम क्याबिनेट बैठक सम्पन्न भएको छ । वर्ष २०२३/२४ नेपालका लागि डिष्ट्रिक्ट ३२५ एल नेपालका गर्भनर परमेश्वर बरालको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको छ ।
दुई चरणमा गरिएको कार्यक्रमको पहिलो चरणमा लायन्स इन्टरनेशनलका डाइरेक्टर बालकृष्ण बुर्लाकोटीको प्रमुख आतिथ्यतामा डिस्ष्ट्रिक्ट क्याबिनेट अफिसर्स इन्स्टलेसन कार्यक्रम सम्पन्न भएको छ । दोस्रो चरणको कार्यक्रमको प्रमुख आतिथ्यताका लागि बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टलको सहभागितामा क्याबिनेट बैठकपछि अवार्ड र डिष्ट्रिक्टको नयाँ पिन वितरण गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि मुख्यमन्त्री जमकट्टलले समृद्ध बागमती बनाउनका लागि लायन्स क्लवले पनि सरकारसँग मिलेर काम गर्नुपर्ने बताउनुभयो ।
अब सरकारले मात्र देश बनाउन सक्दैन । सबै नागरिक र संघ÷संस्थाको हातेमालोमा मात्र समृद्ध राष्ट्र निर्माण गर्न सकिन्छ ।आजको क्याबिनेट बैठका ७०० भन्दा बढिको सहभागिता रहेको थियो । कार्यक्रममा डिष्ट्रिक्टको २०२३/२४ को बजेट र कार्यक्रम प्रस्तुत गरीनुका साथै ताली बजाएर पारित गरिएको थियो । पहिलो क्याबिनेट बैठकको होस्ट कल्वहरुमा लायन्स क्लव अफ काठमाडौं म्याग्दी युथ, सितापाइला, बेद व्यास, ब्लड सर्कल र शुभ आरम्भको आयोजनामा कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ ।उक्त कार्यक्रममा ३५ ओटा लायन्स कलब र ३ ओटा लियो नया लियो कलब उदघाटन गरेका कुरा लियो जिल्ला अध्यक्ष सन्तोष ढकाल ज्युले बताउनु भएको छ ।
प्रकाशित मिति :श्रावण १५, २०८० सोमवार -
१७:००:३६ बजे