प्राधिकरणले तीन अर्ब ११ करोड रकम खर्च गरेर नेपालको मोबाइल सेवालाई नियमन गर्न ल्याएको टेरामक्स प्रणाली लागू गर्न आलटाल गरेपछि प्राधिकरणले चेतावनी सहित नेपाल टेलिकम र एनसेललाई पत्र पठाएको छ ।खासगरी यो प्रविधिले टेलिकम कम्पनीहरुले दिने सेवामाथि गहन रुपमा निगरानी गर्न तथा टेलिकम कम्पनीहरुमा विदेशबाट आउने अनाधिकृत फोन कल बाइपास माथि पूर्णरुपमा निगरानी राख्छ।प्राधिकरणले हाल सेवाप्रदायकलाई पत्र नै काटेर एक हप्ता भित्र टेरामक्स लागू गर्न निर्देशन दिएको दूरसञ्चार प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले बताए ।
दूरसञ्चार प्राधिकरणले टेलिकम र एनसेललाई चेतावनी सहित नेपाल टेलिकमलाई टेरामक्स लागू नगरे सेवा विस्तार तथा विदेशी मुद्रा सिफारिस, उपकरण आयात लगायतका नियामकबाट उपलब्ध सेवा सहजीकरणमा नै प्रतिबन्ध लगाएको छ । दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले नेपाल टेलिकमले हालसम्म पठाएको चार ओटा पत्रको कुनै रेस्पोन्स नगरेपछि प्राधिकरणबाट दिइने सबै सुविधा तथा सहजिकरण रोकिएको बताए ।
‘एनसेलले भने हामी यो बिषयमा छलफलमा रहेको र लागू गर्ने तयारीमा रहेको बताएको छ’ अध्यक्ष खनालले भने ‘टेलिकमले भने कुनै रेस्पोन्स नगरेकाले टेलिकमलाई सबै सुविधामा प्रतिबन्ध गरिएको छ।अवस्थामा पुगेका छन । यस अघि पनि कल डिटेल लगाएत व्यक्तिगत विवरण संकलन हुने र गोपनीयताको विषय जोडिएको बिषय भन्दै संसदमा समेत यो बिषयले प्रवेश पाएको थियो ।
के हो टेरामक्स ?
टेरामक्स टेलिकम्यूनिकेसन्स ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम हो । जसले नेपालका टेलिकम कम्पनीहरुले दिने सेवामाथि गहनरुपमा निगरानी गर्छ भने टेलिकम कम्पनीहरुमा विदेशबाट आउने अनाधिकृत फोन कल बाइपासमाथि पूर्णरुपमा निगरानी राख्ने नियामक दूरसञ्चार प्राधिकरणले जनाएको छ । राष्ट्रिय र अन्तर्राष्ट्रिय भ्वाइस डाटा ट्राफिक भोल्यूमको परीक्षण समेत गर्ने अधिकार राख्छ ।यो प्रविधि मार्फत कल रेकर्ड (सीडीआर) विश्लेषण गर्ने,फ्रड पत्ता लाग्नुका साथै भ्वाइस ट्राफिकको अवस्थाबारे जाँच्ने प्राधिरकरणले जनाएको छ ।
पछिल्लो समय अन्तर्राष्ट्रियस्तरमा कल बाइपास गर्न लागाएर टेलिकम कम्पनीहरुले राजस्व छल्ने गरेको आरोप पनि छ । सरकारलाई बुझाउनुपर्ने रोयल्टी र दस्तुरको वास्तविक अवस्थाका बारेमा समेत टेरामक्सले जानकारी दिने छ ।