Logo

बुधवार, कार्तिक १२ गते २०८३

प्रहरी माथि हातपात गर्ने तीनजना पक्राउ

प्रहरी माथि हातपात गर्ने तीनजना पक्राउ

जोईन खबर

१८, श्रावण २०८०
  • 688
    SHARES
  • प्रहरी माथि हातपात गर्ने तीनजना पक्राउ

    १८ साउन काठमाडाै । गोरखाकाे जिल्ला शहीद लखन गाउँपालिका वडा न ६ घैरुङ्ग स्थित सार्वजनिक स्थानमा  ड्युटीमा खटिएका प्रहरी माथि हातपात गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी माथि अपशब्द प्रयोग गरी गाली गलौच सहित हातपात गरेपछि उनीहरुलाई पक्राउ गरेकाे  जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डिएसपी) रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

    images

    पक्राउ पर्नेहरुमा ३० बर्षका सन्तोष गुरुङ्ग, ३९ बर्षका लोक गुरुङ्ग र २९ बर्षका रुजन गुरुङ्ग रहेको उहाँले जानकारी दिनुभयो । बुधबार राती करिब १ बजेको समयमा सार्वजनिक स्थलमा अत्याधिक मादक पदार्थ सेवन गरी आपसमा झै–झगडा र हो–हल्ला गरेको अवस्थामा ड्युटीमा खटिएको प्रहरीले सम्झाई बुझाई गर्ने क्रममा उल्टै उनिहरुले प्रहरी माथि धाक–धम्की दिदै हातपात गरेको डिएसपी श्रेष्ठको भनाई छ ।पक्राउ परेका तिनै जना बिरुद्ध जिल्ला प्रसासन कार्यालय गोरखामा शान्ति बिरुद्धको कसुर शिर्षकमा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको डिएसपी श्रेष्ठले जानकारी दिनुभयो । 

    images
    images
    images

    प्रकाशित मिति :श्रावण १८, २०८० बिहिवार - १२:५९:४१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको