१९ साउन काठमाडाै । काठमाडौं महानगरपालिकाले सामाखुशी खोलाको स्ल्याब भत्काएकाे छ। सामाखुशी खोलामाथिको स्ल्याब ३ नम्बर वडामा असारबाट नै स्ल्याब हटाउन सुरू भएकोमा तीन दिनअघि रानीबारी क्षेत्रमा हटाउन थालिएको वडाध्यक्ष प्रेम थापाले जानकारी दिए।
अहिले रानीबारी चोकदेखि रेडन कलेज क्षेत्रको स्ल्याब हटाउन काम भइरहेको छ। ती क्षेत्रमा स्ल्याब हटाएर खोलालाई पुरानै स्वरूपमा ल्याउन लागिएको छ।उहाँहरूले ०६५ अघिको मापदण्ड अनुसार बनाउनुभएको रहेछ, ती घरहरूलाई हटाएर ४ मिटर, ६ मिटर र ८ मिटरको मापदण्ड कार्यान्वयन गर्ने र साइड साइडमा वृक्षारोपण गर्ने तयारी पनि छ,’ उनले भने।
वडा नम्बर ३ मा त्यस्ता २० घर रहेको उनले बताए। ‘उहाँहरूले अदालतबाट स्टे अर्डर पनि ल्याउनुभएको रहेछ, क्षतिपूर्ति र मुहाब्जा पाएको अवस्थामा छोड्न तयार हुनुहुन्छ,’ उनले भने।यही खोलामा साउन ७ गते १३ वर्षीय बालक साजन मगर खसेका थिए। अरू ठाउँमा स्ल्याब राखिएको भए पनि एक ठाउँमा खुला भएकाले त्यसमा खसेका हुन्। खोला पुरानै स्वरूमा आएपछि त्यसको दायाँबायाँ पर्खाल उठाउने र फलामको बार लगाइने वडाध्यक्ष थापाले बताए।