Logo

बिहिवार, कार्तिक १३ गते २०८३

खाता नवीकरणका लागि खाता नम्बर चाहिने भन्दै झुक्याएर ग्राहकको खाताबाट रकम ट्रान्र्सफर

खाता नवीकरणका लागि खाता नम्बर चाहिने भन्दै झुक्याएर ग्राहकको खाताबाट रकम ट्रान्र्सफर

जोईन खबर

१९, श्रावण २०८०
  • 808
    SHARES
  • खाता नवीकरणका लागि खाता नम्बर चाहिने भन्दै  झुक्याएर ग्राहकको खाताबाट  रकम ट्रान्र्सफर

    १९ साउन काठमाडाै । गण्डकी प्रदेशकाे  गोरखामा  बैंकको कर्मचारी भन्दै ग्राहकलाई फोन गरेर खाता नवीकरणका लागि खाता नम्बर चाहिने भन्दै  झुक्याएर ग्राहकको खातामा भएको रकम ट्रान्र्सफर गरी चोरी गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) अनुपम श्रेष्ठले जानकारी दिनुभयो । एनएमबी बैंकबाट ग्राहकको खातामा रहेको एक लाख रुपैया भन्दाबढी रकम अाफनाे बैंकको खातामा सारेको खुलेको उहाँले बताउनुभयो ।

    images

    गोरखा नगरपालिका–६ पाटेचौर निवासी एक महिलालाई फोन गरेर ह्याकरले खाता पुरानो भएकाले नवीकरण गर्नुपर्छ भन्दै खाता नम्बर लिएको र पछि मोवाईलमा आएको ओटिपी कोड समेत मागेर ह्याकरले तत्कालै खाताको रकम चोरी गरेको पाइएको छ ।’ एसपी श्रेष्ठले भन्नुभयो । खाताबाट एकलाख ३ हजार ८८० रुपैया ह्याकरले अन्य बैैकको खातामा ट्रान्सफर गरेको पिडित महिलाको भनाई छ ।

    images
    images
    images

    फोनबाट बैंकको कर्मचारी बोलेको हुँ तपाँईको खाता पुरानो भएछ नवीकरणका गनुपर्छ भन्दै पहिला खाता नम्बर माग्यो’ उहाँले भन्नुभयो ‘त्यसपछि मेरो मोबाइलमा आएको कोड पनि चाहियो भनेर माग्यो, दिँदा त खाताको रकम सबै झिकेछ ।’खाताबाट पैसा लिएको थाहा पाएलगत्तै पिडित महिलाले जिल्ला प्रहरी कार्यालय गोरखामा बैंक खाताबाट रकम चोरी भएको भन्दै उजुरी दिएको एसपी श्रेष्ठको भनाई छ ।

    ह्याकरले खाता ह्याक गरी खातामा भएको रकम ३–४ वटा बैंकमा ट्रान्र्सफर गरेर अहिले ग्लोबल आईएमई बैंकमा पु¥याएको बताइएको छ । प्रहरीले घटनाको अनुसन्धानका लागि अदालतको अनुमति लिए महिलालाई फोन गरिएको मोवाईल नम्बरको कल डिटेल लिई अनुसन्धान सुरु गरेको छ  । यसरी नै खाता ह्याक गरेर रकम झिकिएको भन्दै जिल्ला प्रहरी कार्यालय गोरखामा अहिलेसम्म चार जनाको परिसकेको छ । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । 

    प्रकाशित मिति :श्रावण १९, २०८० शुक्रवार - १६:३५:४३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको