Logo

बिहिवार, कार्तिक १३ गते २०८३

विमानस्थलबाट बरामद भएको सय किलो सुनको अनुसन्धानको जिम्मा ‘सिआइबी’लाई दिए

विमानस्थलबाट बरामद भएको सय किलो सुनको अनुसन्धानको जिम्मा ‘सिआइबी’लाई दिए

जोईन खबर

१९, श्रावण २०८०
  • 667
    SHARES
  • विमानस्थलबाट बरामद भएको  सय किलो सुनको अनुसन्धानको जिम्मा ‘सिआइबी’लाई  दिए

    १९ साउन काठमाडाै ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको  सय किलो सुनको अनुसन्धान नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)लाई दिनेबारे छलफल  बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग यो विषयमा छलफल भएको थियो । राजश्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुङ्गाना, महान्यायाधिवक्ता डा दिनमणी पोखरेल, प्रहरी महानिरिक्षक बसन्त कुँवर, सिआइबीका एआइजी किरण बज्राचार्यको  सहभागी थियो ।

    images

    उक्त छलफलमा अनुसन्धानको बाँकी काम केन्द्रीय अनुसन्धान ब्यूरोले गर्नुपर्ने कुराहरु उठेको बैठकमा सहभागी सिआइबीका एआइजी बज्राचार्यले बताउनुभयो । उहाँले भन्नुभयो, “हिजो यस विषयमा प्रधानमन्त्री ज्यूसँग छलफल भएको हो । छलफलमा अनुसन्धानको बाँकी जिम्मा हामीलाई नै दिने जसरी छलफल भएको थियो । तर आधिकारिक पत्र अहिलेसम्म आएको छैन । आउने प्रक्रियामै होला ।”

    images
    images
    images

    यस प्रकरणमा सङ्गठित अपराध देखिएकाले यो मुद्दाको अनुसन्धान प्रहरीले नै गर्नुपर्ने आवाज उठेको उहाँको भनाइ छ । साउन ३ मा राजस्व अनुसन्धान विभागले त्रिभुवन विमानस्थल भन्सार कार्यालयको गेट बाहिरबाट अवैध सुन बरामद गरेर अनुसन्धान गरिरहेको छ ।सो प्रकरणमा हालसम्म चिनियाँ र भारतीय नागरिकसहित १७ जना थुनामा छन् ।

    प्रकाशित मिति :श्रावण १९, २०८० शुक्रवार - १७:०६:२१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको