२१ साउन काठमाडाैँ ।आजदेखि प्रहरी चारित्रिक प्रमाणपत्र रिपोर्टलाई पूर्ण रुपमा अनलाइन माध्यमबाट प्रमाणीकरण गरिने भएको छ ।परराष्ट्रमन्त्री एनपी साउदले अहिले बिहान ११ बजे काठमाडौंको त्रिपुरेश्वरस्थित कन्सुलर सेवा विभाग पुगेर उक्त सेवाको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । अहिलेसम्म नेपाल प्रहरीको बेवसाइटमा अनलाइनबाटै आवेदन लिएर प्रमाणपत्र जारी हुँदै आएको थियो ।
अनलाइन प्रणालीबाट फारम भर्ने र रिपोर्ट लिने व्यवस्था सञ्चालनमा आएपछि प्रहरी चारित्रिक प्रमाणपत्रको प्रमाणीकरणका लागि सेवाग्राही स्वयम उपस्थित हुनुपर्ने, काठमाडौं आएर घण्टौं लाइन बस्नुपर्ने बाध्यता अन्त्य हुने भएको छ ।अनलाईन प्रणाली लागू भएपछि सर्वसाधारण आफैले आफ्नो जानकारी अनलाईनमा दर्ता गर्न सक्नेछन् ।