२१ साउन काठमाडाैँ । लियो जिल्ला परिषद ३२५ एल ,नेपालको पहिलो बोर्ड बैठक सुसम्पन भएको छ । लायन्स बर्ष २०२३/२४ को पहिलो बोर्ड बैठक काठमाडौं स्थित बैखु भन्जाग ग्रीन फरेस्ट होम स्टे मा जिल्ला अध्यक्ष लियो सन्तोष ढकालको सभापतित्व र लायन्स डिस्ट्रीक्ट ३२५ एल नेपालका गभर्नर लायन परमेश्वर बराल ज्युको प्रमुख आतिथ्यतामा सम्पन कार्यक्रममा लियो कलब चियरपर्शन लायन डा प्रेम बहादुर थापा ,सिनियर ए ओ जि लायन शिबहरि तिमिल्सिना , निबर्तमान अध्यक्ष लियो योगेश गौतम ,लायन्स एडिशनल क्याबिनेट सेक्रेटर लायन ग्यानेन्द्र घिमिरे ,जिल्ला उपाध्यक्ष लियो अभय थापाको बिषेष उपस्थिति रहेको थियो ।
बैठकमा जिल्ला अध्यक्ष ले बिभिन्न एजेन्डा उपज लियो जिल्ला परिषद ३२५ एल नेपाललाई अगाडि बढाउनु भएको थियो छोटो समयमा नै एल जिल्लाले गरेको बिभिन्न सामाजिक कार्यहरुको जानाकारि क्षेत्रीय सम्योजक हरुले आफ्नो प्रतिबेदन पेश गर्नु भएको थियो भने प्रमुख क्षेत्रीय सम्योजक लियो सम्राट जग ऐडि जग ले लायन बर्ष २०२३/२४ मा रिजन कोडिनेटर हरुले सम्पुर्ण कलब हरु लाई एक्टिभ रुपमा अगाडि बढाएर नेपालको उत्कृष्ट जिल्ला बनाउने दाबि समेत गर्नु भएको थियो। जिल्लाको बार्षिक बजेट जिल्ला कोषाध्यक्ष लियो सुलभ थकालि ले प्रस्तुत गरेका थिए सम्पुर्ण बोर्ड का पदाधिकारि ले सौहार्दपुर्ण बाताबरणमा अनुमोदन गरेका थिए जिल्ला अध्यक्ष ले ल्याएको सम्पुर्ण एजेन्डा उपज सम्पुर्ण बोर्ड पदाधिकारि को सल्लाह सुझाब र अत्यन्तै सहजिकरणका साथ अनुमोदन गरेकोमा जिल्ला अध्यक्ष सन्तोष ढकाल ले बोर्डलाई बिषेश धन्यवाद ब्यक्त गर्नु भएको थियो ।
लियो कलब अफ काठमाडौं शोसल शर्कल को आयोजनामा मा भएको कार्यक्रमम करिब ३० जना उपस्थित रहेको थिए । जिल्ला उपाध्यक्ष अभय थापाले बार्षिक मुल्याकन बिधि बोर्ड समक्ष प्रस्तुत गर्दै सम्पुर्ण कलब स्तर मा उक्त जानाकारि प्रदान गरि सामाजिक कार्य गरि जिल्ला लाई empr रिपोर्ट मार्फत जानाकारि दिनु हुन समेत आह्वावान गर्नु भएको थियो। लायन्स बर्श २०२३/२४ को करिब ३५ दिनमा जिल्ला स्तर बाट भएको कार्यक्रमहरुको प्रतिबेदन प्रस्तुत गर्दै उत्कृष्ट कार्यक्रम सन्चालन समेत गर्नु भएका लियो लिडर लियो कलब अफ तनहुका पुर्ब अध्यक्ष एबम हालका जिल्ला सचिब लियो सुनिल मिश्र ज्युले जानाकारि दिनुभयाे ।
प्रकाशित मिति :श्रावण २१, २०८० आइतवार -
१५:४१:४० बजे