Logo

बुधवार, कार्तिक १२ गते २०८३

खुला राष्ट्रिय किक बक्सिङको तयारी , यस बारे जानकारी गराइदै

खुला राष्ट्रिय किक बक्सिङको तयारी , यस बारे जानकारी गराइदै

जोईन खबर

२२, श्रावण २०८०
  • 727
    SHARES
  • खुला राष्ट्रिय किक बक्सिङको तयारी , यस  बारे जानकारी गराइदै

    २२ साललितपुर जिल्ला किक बक्सिङ संघ र ललितपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा पाँचौं वीर गणेशमान सिंह स्मृति  राष्ट्रिय खुला किक बक्सिङ प्रतियोगिता भदौ २१ गतेदेखि हुने भएको छ ।प्रतियोगितामा नेपाल आर्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, कराते, तेक्वान्दो, उसु, बक्सिङ, मुवाथाईं, किक बक्सिङ, फुल कन्ट्याक्ट कराते, आईटीएफ तेक्वान्दो र सातै प्रदेशबाट करिब ३ सय खेलाडीको सहभागिता रहने प्रतियोयिगताका परिकल्पनाकार एवं बागमती प्रदेशका सांसद् मिनकृष्ण महर्जनले आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।

    images

    गोदावरी नगरपालिकाको मुख्य प्रायोजनमा हुन लागेको प्रतियोगितामा पुरुष÷महिलामा समान ६–६ गरी १२ स्पर्धामा प्रतिस्पर्धा हुनेछ । हरेक स्पर्धामा पहिलो हुनेले ३० हजार, दोश्रोले १५ हजार र तेश्रो हुनेले ८÷८ हजार नगद पुरस्कार प्राप्त गर्ने आयोजक समितिका अध्यक्ष विनोद महर्जनले जानकारी दिए ।शीर्ष तीन स्थानमा रहने टिमले क्रमशः १ लाख, ५० हजार र २५ हजार नगद पुरस्कार हात पार्ने छन् ।

    images
    images
    images

    उत्कृष्ट पुरुष÷महिला खेलाडीलाई जनही १ लाख २५ हजार नगद पुरस्कारबाट पुरस्कृत गरिने छ ।गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले गोदावरी नगरपालिकामा खेलकुदलाई चलायमान बनाउन नगरपालिका कृयाशिल रहेको बताउदै खेलकुदलाई माया गर्नेसंग सहकार्य गरी अगाडि बढ्न नगरपालिका तयार रहेको प्रतिबद्धता व्यक्त गरे । तीनदिने प्रतियोगिताका खेलहरु गोदवारी नगरपालिका वडा ११ प्याङगाउँस्थित मैदानमा हुनेछ ।

    प्रकाशित मिति :श्रावण २२, २०८० सोमवार - ११:३३:३७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको