Logo

बिहिवार, कार्तिक १३ गते २०८३

फक्ताङ्लुङ गाउँपालिकाले शहीद परिवारलाई एम्बुलेन्स सेवा निःशुल्क सेवा उपलब्ध

फक्ताङ्लुङ गाउँपालिकाले शहीद परिवारलाई एम्बुलेन्स सेवा निःशुल्क सेवा उपलब्ध

जोईन खबर

२३, श्रावण २०८०
  • 709
    SHARES
  • फक्ताङ्लुङ गाउँपालिकाले शहीद परिवारलाई एम्बुलेन्स सेवा निःशुल्क  सेवा उपलब्ध

    २३ साउन काठमाडाैँ । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले शहीद परिवारलाई पालिकाभरिका शहीद परिवारका लागि एम्बुलेन्स सेवा निःशुल्क उपलब्ध गराउने भएको हो । पालिकावासीलाई सुविधा प्रदान गर्न गाउँपालिकाले भर्खरै दुई वटा एम्बुलेन्स खरिद गरेको छ । खरिद गरिएको एम्बुलेन्स सञ्चालनका लागि ‘एम्बुलेन्स सञ्चालन व्यवस्थापन कार्यविधि–२०८०’ जारी गर्दै गाउँपालिकाले शहीद परिवारका लागि एम्बुलेन्स सेवा निःशुल्क गर्ने भएको हो । माओवादी जनयुद्ध, जनआन्दोलन लगायतमा शहीद भएका परिवारले गाउँपालिका हुँदै जिल्लाभित्र र जिल्ला बाहिरसमेत एम्बुलेन्स सेवा उपभोग गर्नु परेमा निःशुल्क हुने भएको छ । 

    images

     गाउँपालिकाले सेवा निःशुल्क, सहुलियत दर र भाडामा छठ दिने व्यवस्था गरेको हो । एम्बुलेन्स सेवामा शहीद परिवारका लागि पूर्ण निःशुल्कसँगै प्रसूति सेवा लिनलाई जिल्ला सदरमुकाम जानुपर्ने अवस्थाका गर्भवती महिला र दुर्घटनामा परी गम्भीर घाइते भएकालाई पनि गाउँपालिकाले जिल्लाभित्र एम्बुलेन्स सेवा निःशुल्क गर्ने भएको छ । स्थानीय स्वास्थ्य संस्थाबाट जिल्ला अस्पतालका लागि सिफारिस (रेफर) भएका बिरामीलाई पनि एम्बुलेन्स सेवा निःशुल्क गरिएको छ । गाउँपालिकाले जिल्लाबाहिर थप उपचार सेवा लिन जानुपर्ने अवस्थाका पालिकावासी नागरिक अर्थात् बिरामीका लागि भने एम्बुलेन्स भाडादरमा ५० प्रतिशत छुट दिने भएको छ । 

    images
    images
    images

    फक्ताङ्लुङ गाउँपालिकाले खरिद गरेको दुई वटा एम्बुलेन्स व्यवस्थापन कार्यविधि जारी गरेसँगै सञ्चालनमा ल्याएको छ । एउटा एम्बुलेन्स गाउँपालिकाको प्रशासकीय केन्द्र रहेको तापेथोक स्वास्थ्य चौकी र अर्को वडा ३ लिङ्खिमस्थित लिङ्खिम स्वास्थ्य चौकीमार्फत सञ्चालन गर्ने निर्णय गरिएको गाउँपालिका अध्यक्ष राजन लिम्बू (मुक्ति) ले जानकारी दिनुभयो । एम्बुलेन्स खरिद भएसँगै अब अध्यक्षले प्रयोग गर्ने सवारीलाई गाउँपालिकाको प्रशासनिक काममा उपयोग गरिने भएको छ । सवारी साधन मात्र नभई अध्यक्ष लिम्बूले आफूले पाउने तलब सुविधासमेत पालिकाका जनताको हितमा खर्च गर्नेगरी छुट्टै कोष स्थापना गरेर रकम जम्मा गरिदिनुभएको छ । 

    प्रकाशित मिति :श्रावण २३, २०८० मंगलवार - १५:२६:१६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको