२३ साउन काठमाडाैँ ।काठमाडाैं उपत्यकामा पनि आज बिहानदेखिकाे वर्षा हुँदा भारी वर्षाका कारणले सडक अवरूद्धनदी क्षेत्रमा पानीको सतह बढेको छ ।जल तथा माैसम पुर्वानुमान महाशाखाले नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू-क्षय तथा हावा हुरी ,जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न समेत महाशाखाले जनाएकाे छ ।
आज सर्लाही, रौतहट,सिन्धुली, धनुषा, सिराहाको नदी तटिय क्षेत्रमा उच्च सतर्कता अपनाउन अनुराेध गरेकाे छ । मंगलबार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै र बाँकी प्रदेशको केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।मधेश, बागमती प्रदेशका एक-दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।
वाग्मती नदी खोकना, ललितपुर बाढीमापन केन्द्रमा जल सतहले खतरा तह पार गरेको र बढ्दो रहेकाले वाग्मतीको नदी तटिय क्षेत्रमा रहनेले दिउँसोसम्म उच्च सतर्कता अपनाउन समेत आग्रह गरिएकाे छ।अहिले देशभर सामान्य देखि पूर्ण बदली रही मधेस, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका धेरै स्थानमा हल्का देखि मध्यम वर्षा र बाँकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ।