Logo

बिहिवार, कार्तिक १३ गते २०८३

किङ्स कपका लागि टेनिस खेलाडी छनोट

किङ्स कपका लागि टेनिस खेलाडी छनोट

जोईन खबर

२५, श्रावण २०८०
  • 745
    SHARES
  • किङ्स कपका लागि  टेनिस  खेलाडी छनोट

    २५ साउन काठमाडाैँ । नेपाल टेनिस संघले बिली जिन किङ्स कपका लागि ४ महिला खेलाडी छनोट गरेको छ । सातदोबाटोमा भएको छनोट प्रतियोगिताबाट अभिलाषा विष्ट, माहिका राणा, सुनिरा थापा र रायना शाह छनोट भएको नेपाल टेनिस संघका सदस्य अजय विष्टले जनाएका छन् ।

    images

    रायनाबाहेक सबै खेलाडी १९ औं एसियाली खेलकुदका लागि छनोट भएका खेलाडी हुन् । किङ्स कप अक्टोबर १६ देखि २१ तारिखसम्म बहराइनमा हुँदैछ ।यो प्रतियोगितामा विगतमा नेपालको सहभागिता उमेरसमूहमा हुने गथ्र्यो । अब नेपालले सिनियरस्तरमा प्रतिस्पर्धा गर्न लागेको हो । अन्तर्राष्ट्रिय टेनिस महासंघले नेपाललाई क्लास ‘बी’ मा अपग्रेड गरेपछि नेपाललाई सिनियरस्तरमा प्रतिस्पर्धा गर्ने बाटो खुलेको सदस्य विष्टले जानकारी गराए । पहिले नेपाल क्लास ‘सी’ मा थियो ।

    images
    images
    images

    प्रकाशित मिति :श्रावण २५, २०८० बिहिवार - १०:५०:५२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको