Logo

बिहिवार, कार्तिक १३ गते २०८३

अनेरास्वयुद्वारा सेवाग्रहीलाई मर्कामा नपार्न ध्यानाकर्षण , विज्ञप्ति

अनेरास्वयुद्वारा सेवाग्रहीलाई मर्कामा नपार्न ध्यानाकर्षण , विज्ञप्ति

जोईन खबर

२६, श्रावण २०८०
  • 820
    SHARES
  • अनेरास्वयुद्वारा  सेवाग्रहीलाई मर्कामा नपार्न ध्यानाकर्षण , विज्ञप्ति

    २६ साउन काठमाडाैँ । त्रिभुवन विश्वविद्यालयमा कार्यरत कर्मचारीहरूले आन्दोलनको बहानामा सेवाग्राहीलाई मर्कामा नपार्न अनेरास्ववियुले ध्यानाकर्षण गराएको छ ।हिजो बिहीबार त्रिवि जिल्ला कमिटीका संयोजक समीरराज विष्टद्वारा हस्ताक्षर गरिएको जारी विज्ञप्तिमार्फत ध्यानाकर्षण गराईएको हो ।त्रिवि अन्तर्गतका डीन, परीक्षा नियन्त्रण कार्यालय र पाठ्यक्रम विकास केन्द्रलगायत सम्बन्धित कार्यालयबाट सेवाग्राहीलाई कार्यालय समयमा दिँदै आएको सेवा प्रभावित भएको भन्दै ध्यानाकर्षण गराएको हो ।

    images

    विज्ञप्तिमा भनिएको छ, विगत केही दिनदेखि आन्दोलनका नाममा भइरहेको ढिलासुस्ती तथा गैरजिम्मेवारी एवम् अमर्यादित क्रियाकलापप्रति अनेरास्ववियु त्रिवि जिल्ला कमिटीको गम्भीर ध्यानकर्षण भएको छ ।कार्यालयबाट प्रवाह हुने सेवामा भइरहेको आन्दोलन तथा अवरोध, संवाद र छलफलको माध्यमबाट यथाशीघ्र अन्त्य गरी कार्यालयको सेवा नियमित र चुस्तदुरूस्त बनाउने वातावरण सिर्जना गराउन सरोकारवाला निकायसमक्ष माग गरेकाे हाे । त्रिवि कर्मचारीको नाममा विश्वविद्यालयको कार्यालय समयभित्र दिइने सेवा प्रवाहलाई निस्तेज पार्दै सेवाग्राहीलाई मर्कामा पार्ने काम विद्यार्थीहरूका लागि सह्य नहुने अनेरास्वयुले बताएको छ ।

    images
    images
    images

    nepal.webp

     

    प्रकाशित मिति :श्रावण २६, २०८० शुक्रवार - १२:००:२७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको