Logo

बिहिवार, कार्तिक १३ गते २०८३

गोरखाको भिमेसनथापा गाउँपालिकाले ज्येष्ठ तथा अशक्त नागरिक घर दैलो स्वास्थ्य सेबा सञ्चालन

गोरखाको भिमेसनथापा गाउँपालिकाले ज्येष्ठ तथा अशक्त नागरिक घर दैलो स्वास्थ्य सेबा सञ्चालन

जोईन खबर

२६, श्रावण २०८०
  • 790
    SHARES
  • गोरखाको भिमेसनथापा  गाउँपालिकाले ज्येष्ठ तथा अशक्त नागरिक घर दैलो स्वास्थ्य सेबा सञ्चालन

    २६ साउन काठमाडाैँ । गोरखाको भिमेसनथापा गाउँपालिका भित्र रहेका ज्येष्ठ नागरिक, अपांगता ,अशक्त बालबालिकालाइ घरघरमा पुगी निःशुल्क स्वास्थ्य जाँच र स्वास्थ्यकर्मी पठाएर पालिका भित्रका १२ हजार भन्दाबढीलाई निःशुल्क उपचार सेवा प्रदान गरेको  गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख भेषराज खनालले बताउनु भयाे ।गाउँपालिकाले नीति तथा कार्यक्रम मार्फत तोकिएका लक्षित बर्गका व्यक्तिहरुको घरघरमा स्वास्थ्यकर्मी पठाएर सुगर, प्रेसर जाँच लगायतका आवश्यक स्वास्थ्य सेवाप्रवाह गर्दै ,गाउँपालिकाले घरघरमै स्वास्थ्यकर्मी पठाएर उपचार सेवा पाएपछि जेष्ठ नागरिकहरु असाध्यै खुशी र बुढेसकालमा व्यथापिर लागि रहन्छ, गाउँपालिकाको वडा नम्बर ७ का ७७ बर्षिय मंगलबहादुर नेपालीले भन्नुभयो, ‘अहिले स्वास्थ्यकर्मीहरु आफ्नै घरमा आए चेकचाँज गर्दा धेरै खुशी लागेकाे छ । 

    images

    सुगुर, प्रसेर, दम र नसा रोगको विरामी भएकाले भनेको बेला अस्पताल जानसक्ने अबस्था नै थिएन, उहाँले भन्नुभयो, ‘हामीजस्ता उमेर पुगेका बुढाबुढीको उपचारलाई ध्यानमा राखेर गाउँपालिकाले घरघरमा हरेक महिना स्वास्थ्यकर्मी पठाएर चेकजाँच व्यवस्था मिलाएपछि साह्रै सजिलो भएको छ ।चालु आर्थिक बर्ष सुरु भएसंगै पुनः साउन १६ गतेदेखि २२ गतेसम्म गाउँपालिकाले ज्येष्ठ तथा अशक्त नागरिक घर दैलो स्वास्थ्य सेबा सञ्चालन गरेको थियो स्वास्थ्य शाखा प्रमुख भुसालले जानकारी दिनुभयो । याे महिनमा मात्र पालिकाको १ हजार १ सय ७१ जनाको निःशुल्क स्वास्थ्य उपचार तथा चेकजाँच गरिसकिएको छ, उहाँले भन्नुभयो, ‘उपचार गराएका मध्ये ६ सय ८९ महिला र ४सय ८२ जना पुरुष रहेका  

    images
    images
    images

    प्रत्येक महिना घरमा स्वास्थ्यकर्मीको टिम घरमै आएर चेकजाँच गरी अमिलो चिल्लो पिरो नखान सल्लाह दिदै आफुसंग भएको औषधी दिएर जाने गरेको अर्का जेष्ठनागरिक ६७ बर्षिय हिरा श्रेष्ठको भनाई छ । उहाँले स्वास्थ्यकर्मीहरु आएर के कस्तो भन्दै सञ्चो भएन भनी यो नम्बरमा सम्र्पक गर्नु है भनेर जाँदा स्थानीय सरकार बुढेसकालको सहारा जस्तै भएको अनुभूति भएको बताउनुभयो ।

     

    प्रकाशित मिति :श्रावण २६, २०८० शुक्रवार - १४:४३:३९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको