२६ साउन काठकाडाैँ । नेपाली ब्रान्ड अल्टिमा लाइफस्टाइलले दुई दिनका लागि आयोजना गरेको ‘अल्टिमा एक्सचेञ्ज मेला’ अन्तर्गत निर्धारित स्टक तीन घण्टामै सकिएको छ । शुक्रबार र शनिबारका लागि आयोजना गरिएको एक्सचेन्ज मेलामा जस्तोसुकै अवस्थाको इयरफोन, हेडफोन वा इयरबड ११९९ रुपैयाँ तिरेर अल्टिमाको ‘एटम ८२०’ इयरबडसँग एक्सचेन्ज गर्ने सुविधा दिइएको थियो ।

तर ग्राहकहरूको थामिनसक्नुकाे भिडले तीन घण्टामै स्टक सकिएको हाे । यो मेलाका लागि ६ हजार थान अल्टिमा एटम ८२० इयरबड वितरण गरिएको कम्पनीका प्रतिनिधि अमन गुप्ताले बताए । उनका अनुसार सुन्धारामा रहेको सिभिल मल (पहिलो तला) र न्युरोडमा रहेको हुकुट स्टोर (ग्राउन्ड फ्लोर) मा १० हजारभन्दा बढी मानिसको भिड लागेको छ । मानिसहरूको भीड सडकसम्म पुगेको छ ।