Logo

बिहिवार, कार्तिक १३ गते २०८३

साउदी अरबले प्यालेस्टाइनका लागि पहिलो पटक गैरआवासीय राजदूत नियुक्त

साउदी अरबले प्यालेस्टाइनका लागि पहिलो पटक गैरआवासीय राजदूत नियुक्त

जोईन खबर

२८, श्रावण २०८०
  • 664
    SHARES
  • साउदी अरबले प्यालेस्टाइनका लागि पहिलो पटक गैरआवासीय राजदूत नियुक्त

    २८ साउन काठमाडाैँ । साउदी अरबले प्यालेस्टाइनका लागि पहिलो पटक गैरआवासीय राजदूत नियुक्त गरेको छ। मिडिया रिपोर्टका अनुसार साउदी अरेबियाका लागि नयाँ राजदूतले जेरुसेलमका लागि कन्सुल जनरलको रूपमा पनि काम गर्नेछन्।साउदी अरबको विदेश मन्त्रालयले जोर्डनका लागि बर्तमान राजदूत नाइफ अल सुदैरीलाई प्यालेस्टाइनका लागि गैरआवासीय राजदूतमा नियुक्त गरेको हो। जुन जानकारी सामाजिक सञ्जाल पोस्टवाट दिइएको थियो।

    images

    नाइफ अल सुदैरीले त्यसपछि जोर्डनको राजधानी अम्मानमा प्यालेस्टिनी दूतावासमा प्यालेस्टिनी राष्ट्रपतिका कूटनीतिक मामिला सल्लाहकार माजदी अल खालिदीलाई भेटे र आफ्नो ओहोदाको प्रमाणपत्र हस्तान्तरण गरे।उनले साउदी अरबका राजा सलमान र युवराज मोहम्मद बिन सलमानको प्यालेस्टाइनसँगको सम्बन्धलाई मजबुत बनाउन र यसलाई सबै क्षेत्रमा औपचारिक रूपमा प्रवर्द्धन गर्ने इच्छाको प्रशंसा गर्ने भएका छन्।

    images
    images
    images

    प्रकाशित मिति :श्रावण २८, २०८० आइतवार - ०८:५८:१६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको