Logo

बिहिवार, कार्तिक १३ गते २०८३

क्वार्ज क्रिष्टललाई गोरखा दरबारमा राख्ने निर्णय

क्वार्ज क्रिष्टललाई गोरखा दरबारमा राख्ने निर्णय

जोईन खबर

३१, श्रावण २०८०
  • 751
    SHARES
  • क्वार्ज क्रिष्टललाई गोरखा दरबारमा राख्ने निर्णय

    ३१ साउन काठमाडौँ । गोरखा नगरपालिका सतिपीपलस्थित भेटिएको क्वार्ज क्रिष्टललाई गोरखा दरबारमा राखिने भएको छ । हिजाे  मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त ढुंगा गोरखा दरबारमा राख्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।गोरखा नगरपालिका सतिपीपलस्थित राममाया शाहीको घरबाट असार १४ गते प्रहरीले टल्किने ढुंगा बरामद गरेको थियो ।

    images

    शाही परिवारले पुस्तौंदेखि पूजा गर्दै आएको सो ढुंगा बिक्री गर्न लागेको जानकारी पाएपछि प्रहरीले कार्यालयमा ल्याई राखेको थियो ।खानी तथा भूगर्भ विभागको टोलीले अध्ययन गर्दा सो ढुंगा बहुमूल्य पत्थर क्वार्ज क्रिष्टल भएको खुलेको थियो । त्यसपछि उक्त ढुंगा गोरखामा नै राख्ने कि भूगर्भ विभागलाई पठाउने भन्ने विवाद भएको थियो । गोरखा नगरपालिका र स्थानीय बासिन्दाले उक्त ढुंगा गोरखामा नै राख्नुपर्ने धारणा राख्दै आएका थिए ।

    images
    images
    images

     

    प्रकाशित मिति :श्रावण ३१, २०८० बुधवार - १०:२९:५४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको