Logo

बिहिवार, कार्तिक १३ गते २०८३

विमानस्थलबाट राजस्व अनुसन्धान विभागले बरामद गरेको सुन किन घट्यको घटै छ ?

विमानस्थलबाट राजस्व अनुसन्धान विभागले बरामद गरेको सुन किन घट्यको घटै छ ?

जोईन खबर

३१, श्रावण २०८०
  • 805
    SHARES
  • विमानस्थलबाट राजस्व अनुसन्धान विभागले बरामद गरेको सुन  किन घट्यको घटै छ ?

    ३१ साउन काठमाडाैँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट राजस्व अनुसन्धान विभागले बरामद गरेको सुन राष्ट्र बैंकले गालेपछिको सुनको कुल वास्तविक तौल ६० किलो ७१६ ग्राम कायम भएको राष्ट्र बैंकका एक अधिकृतले बताए । राष्ट्र बैङ्कले केन्द्रीय अनुसन्धान ब्युरोका अधिकृतहरूलाई रोहबरमा राखेर मंगलबार सुनको वास्तविक तौल सार्वजनिक गरेको हो ।

    images

    टक्सार महाशाखाका निर्देशक थानेश्वर आचार्यका अनुसार सोमबार ब्रेक प्याडबाट अलग गर्दा सुनको तौल ६० किलो ७८९ ग्राम भएको थियो । त्यसपछि बाल्दा परिमाण केही ग्राम घटेर वास्तविक तौल ६० किलो ७१६ ग्राम कायम भएको हो ।सोमबारदेखि राष्ट्र बैंकले सुन ब्रेक प्याडबाट अलग गर्ने र गाल्ने प्रक्रिया सुरु गरेको थियो ।असार ३० मा हङकङकबाट क्याथे प्यासिफिकको उडानमार्फत आएको सुन ‘रेडी ट्रेड प्रालि’ले मगाएको खुलेको थियो । १६० वटा ‘ब्रेक प्याड’ मा छिपाएर सुन काठमाडौँ ल्याइएको थियो ।

    images
    images
    images

    सुन सहितको ब्रेक प्याडको तौल १५५ किलो थियो ।सुन तस्करीमा संलग्न आशङ्कामा हाल १७ जना हिरासतमा छन् । केन्द्रीय अनुसन्धान ब्युरो ‘सिआईबी’ले सङ्गठित तस्करी विरुद्धको कसुरमा आरोपितहरू विरुद्ध अनुसन्धान गरिरहेको छ ।तस्करीमा तिब्बत मूलका भारतीय नागरिक ५३ वर्षीय थाप्तेन छिरिङ, चिनियाँ नागरिक जिक्वाङ लिन र तिब्बत मूलका बेल्जियन नागरिक दावा छिरिङको मुख्य भूमिका देखिएको अनुसन्धानमा संलग्न ब्युरोका अधिकारीहरू बताउँछन् ।राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज अधिकारीले बरामद गर्दा सुन करिब ८० देखी १०० किलो रहेको दाबी गरेका थिए ।

     
     

    प्रकाशित मिति :श्रावण ३१, २०८० बुधवार - १३:०२:१५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको