Logo

बिहिवार, कार्तिक १३ गते २०८३

नेपालले भारतसँग माग्याे चामल र चिनी पत्र सहित

नेपालले भारतसँग माग्याे चामल र चिनी पत्र सहित

जोईन खबर

३२, श्रावण २०८०
  • 640
    SHARES
  • नेपालले भारतसँग माग्याे चामल र चिनी  पत्र सहित

    ३२ साउन काठमाडाैँ । नेपालले अहिले भारतसँग चामल र चिनी माग गरेको छ । कृषि मन्त्रालयकी प्रवक्ता शबनम शिवकोटी अर्यालले बुधबार नेपालले भारतीय संचारमाध्यमसँग कुरा गर्दै भारतलाई गाेलभेंडा पठाउन तयार रहेको बताइन् । यसैगरी, उनले भारतबाट चामल र चिनी र चामल ल्याउने तयारी भइरहेकाे पनि जानकारी दिइन् । यसै विषयमा नेपाल सरकारले भारत सरकारलाई पत्र लेखेको शिवकोटीले बताए । शिवकोटीले आगामी चाडपर्वलाई ध्यानमा राखेर यस्तो कदम चालेको बताइन् ।

    images

    भारतले चामल निर्यातमा प्रतिबन्ध लगाएपछि नेपाली बजारमा आपूर्ति प्रभावित हुन सक्नेछ । सरकारले धान, चामल र चिनी खरिदका लागि भारत सरकारलाई पत्राचार गरेको हो । सरकारले एक लाख टन चामल, ५० हजार टन चिनी र ५ हजार टन धान नेपालमा आपूर्ति गरिदिन भारतलाई पत्राचार गरेको हाे । परराष्ट्र मन्त्रालयमार्फत भारतीय दूतावासलाई लेखेको पत्र मंगलबार पुगेको तर त्यसबारे औपचारिक जवाफ आइसकेको छैन।

    images
    images
    images

    वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रामचन्द्र तिवारीले गत साता परराष्ट्र मन्त्रालयमार्फत भारतीय अधिकारीलाई नेपाललाई १ लाख टन चामल र ५० हजार टन चिनी उपलब्ध गराउन आग्रह गरिएको जानकारी दिएका छन् । तिवारीले अहिले नेपाली बजारमा चामल र चिनीको अभाव नभएको तर अन्तर्राष्ट्रिय बजारमा गैर-बासमती सेतो चामल निकासीमा प्रतिबन्ध लगाउने भारतको निर्णयपछि व्यापारीले अभावको हल्ला फैलाउन थालेको बताए ।

     
     
     

    प्रकाशित मिति :श्रावण ३२, २०८० बिहिवार - १७:१४:१४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको