Logo

बिहिवार, कार्तिक १३ गते २०८३

दसौं ग्रिनफिल्ड कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सेब र एक्सेल्सियरको जित

दसौं ग्रिनफिल्ड कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सेब र एक्सेल्सियरको जित

जोईन खबर

१, भाद्र २०८०
  • 715
    SHARES
  • दसौं ग्रिनफिल्ड कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सेब र एक्सेल्सियरको जित

    १ भदाै काठमाडाैँ ।   सेब र द एक्सेल्सियर स्कुलले दसौं ग्रिनफिल्ड कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा बिहीबार जित हात पारेका छन् ।सेबले आयोजक ग्रिनफिल्ड ‘बी’ लाई ५२–२७ ले पराजित ग¥यो । सेबको जितमा धीरज जोराले १३ अंक योगदान गरे । रुसिप मुनिकारको १५ अंक सहयोगमा एक्सेल्सियरले एस्फोडेललाई ३६–१७ ले हरायो ।

    images

    सिनियर ब्वाइजमै हार्टल्यान्डले न्यु जेनिथलाई ३१–२१ तथा हेम्सले एलआरआईलाई ६४–५३ ले पाखा लगाए । हार्टल्यान्डका विकास भण्डारीले १९ तथा हेम्सका हेमन्त राजवंशीले ३४ स्कोर गरे ।जुनियर ब्वाइजमा श्री नवीन ज्योतिले ग्रिनफिल्ड ‘बी’ लाई १८–१३, ग्रिनफिल्ड ‘सी’ ले बाल दीक्षालाई १९–१६, स्वप्न वाटिकाले नेपाल पुलिस स्कुललाई १८–१२ र इडेन ब्रिज एकेडेमी (इबीए) ले न्यु जेनिथलाई १२–६ ले पन्छाए ।

    images
    images
    images

    श्री नवीन ज्योतिका शंसांक गिरीले ६, ग्रिनफिल्ड ‘सी’ का मोहित ओडेले ६, स्वप्ना वाटिकाका मन्दिपले १३ र इबीएका आदित्यले ७ अंक जोडे ।सिनियर गल्र्समा संस्कृतिले न्यु जेनिथलाई ३४–१४ तथा इबीएले आदित्यलाई १२–३ ले पराजित गरे । संस्कृतिकी सर्मद्धि शाहले ८ तथा इबीएकी मेणुका मगरले ७ अंक बटुले ।

    प्रकाशित मिति :भाद्र १, २०८० शुक्रवार - ११:०१:५८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको