Logo

बिहिवार, कार्तिक १३ गते २०८३

राष्ट्रिय क्रिकेट टिम अर्को हप्ता पाकिस्तान जाने तयारी

राष्ट्रिय क्रिकेट टिम अर्को हप्ता पाकिस्तान जाने तयारी

जोईन खबर

१, भाद्र २०८०
  • 712
    SHARES
  • राष्ट्रिय क्रिकेट टिम अर्को हप्ता पाकिस्तान जाने तयारी

    १ भदाै काठमाडाैँ । एसिया कप क्रिकेट खेल्नका लागि नेपाली राष्ट्रिय क्रिकेट टिम अर्को हप्ता पाकिस्तान जाने भएको छ ।नेपाल क्रिकेट संघ (क्यान) स्रोतका अनुसार नेपाली टिमको भिजाको काम सकिइसकेको हुनाले जतिसक्दो छिटो टिमलाई पाकिस्तान पठाउने तयारी भइरहेको छ । २३ तारिख टिमलाई पठाउने तयारी रहेको छ। 

    images

    नेपाली टिमले एसिया कप अगाडि पाकिस्तानसँग केही अभ्यास खेल र तयारीका लागि टिमलाई १ हप्ताअघि नै पाकिस्तान पठाउने तयारी क्यानले गरेको हो ।रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, सन्दीप लामिछाने, करण केसी, ललित राजवंशी, भीम सार्की, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, आरिफ शेख, आसिफ शेख, सोमपाल कामी, प्रतिश जिसी, किशोर महतो, सन्दीप जोरा, अर्जुन साउद र श्याम ढकाल जानेभएका छन ।  एसिया कप आउँदो अगष्ट ३१ बाट सुरु हुँदैछ । जसमा पहिलो खेल नेपालले पाकिस्तानसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।नेपालका लागि क्यानले एसिया कपका लागि १७ सदस्यीय टोली घोषणा गरिसकेको छ ।

    images
    images
    images

     

    प्रकाशित मिति :भाद्र १, २०८० शुक्रवार - १६:२९:४१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको