३ भदौ काठमाडौँ । गोरखाको उत्तरी धार्चे गाउँपालिका वडा न ५ गुम्दामा हिजो देखि आलु मेला सुरु भएको हो। त्यस गाउँको गुम्दामा रहेको एकता युवा क्लवको आयोजनामा शनिबारदेखि मेला सुरु भएको हो ।
धार्चे गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङले यो कार्यक्रम मेला उद्घाटन गरेका हुन्।उत्पादित आलुको बजार व्यवस्थापनसँगै पर्यटन प्रवर्द्धनमा सहयोग पुर्याउने उद्देश्यले केही वर्षदेखि मेला आयोजना गर्दै आएको क्लबका उपाध्यक्ष मितिराज गुरुङले बताए । यो समय आलु उत्पादन हुने बेला हो, फेरि भेडीगोठ गएकाहरु पनि अहिले गाउँ झरेका हुन्छन्,’ उनले भने, ‘सबै जमघट भएर रमाइलो गर्ने र उत्पादित आलु बिक्री गर्न पनि सहज हुने भनेर मेला गर्दै आएका छौ ।
यस मेला भदौ ५ गतेसम्म चल्ने मेलामा चल्ने र आलुका विभिन्न परिकारहरु बेच्न गरेको उनले बताए । मेलामा पुरुष र महिला भलिबल, लोक नृत्य प्रतियोगिता, मूर्ति नाँच, सटपुट, तीर हान्ने, हाँडी फुटाईलगायतका प्रतियोगिता राखिएको छ । विजेताहरुलाई नगदसहित आलु पुरस्कार दिइने आयोजकको भनाइ छ ।आलु र हस्तकला प्रदर्शनीमा राख्ने पाँच उत्कृष्ट किसानलाई नगद सहित सम्मान समेत गरिने गुरुङले जानकारी दिए ।
याउने