३ भदाै काठमाडाैँ । उदयपुरगढी गाउपालिका-७ चम्पेडाँडाका ६८ वर्षीय ओमान सिङ भुजेलको चार्जमा लगाएको मोबाइलबाट फोन गर्दा करेन्ट लागेर उदयपुरमा एक जनाको मृत्यु भएको छ ।
हिजाे शनिबार बिहान ११ बजे चार्जमा राखेको मोबाइलबाट कुरा गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएकाे उदयपुरगढीका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हरिनन्दन चौधरीले जनाकारी दिनुभयाे ।
प्रहरी नायब उपरीक्षक चौधरीका अनुसार चार्जमा राखेर फोनमा कुरा गर्दै गर्दा अकस्मात करेन्ट प्रवाह हुँदा उनको मृत्यु भएको हो ।मृतक भुजेलको सव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको छ । घटनाको थप अनुसन्धान गरी रहेकाे प्रहरी चौधरीले जानकारी दिए ।