Logo

बिहिवार, कार्तिक १३ गते २०८३

सरकारी टोली सोमबार बडिमालिका मन्दिर तर्फ प्रस्थान 

सरकारी टोली सोमबार बडिमालिका मन्दिर तर्फ प्रस्थान 

जोईन खबर

४, भाद्र २०८०
  • 724
    SHARES
  • सरकारी टोली सोमबार बडिमालिका मन्दिर तर्फ प्रस्थान 

    काठमाडौँ - नाग पञ्चमीको दिन तिर्थालु सहित सरकारी टोली दिउँसो १ बजे तिर बाजुरा जिल्लामा रहेको बडिमालिका भगवती मन्दिर दर्शनको लागि गएको हो। बडिमालिका भगवतीको दर्शन गर्न जाने टोलीलाई नेपाली सेना, नेपाल प्रहरी र सरकारी तथा गैरसरकारी निकाय लगायत सर्व(साधारणले फुलमाला, अबिरसहित पञ्चेबाजाका साथ पठाएका छन् । बडिमालिका भगवतीको मन्दिर तर्फ प्रस्थान गर्ने टोलीलाई दरबार मालिका भगवतीको मन्दिरमा गएर भगवतीको झोली र तिर्थालुलाई परिक्रमा गराएर बाजुरातर्फ पठाउने गरिएको छ । परम्परादेखि नै बलिमालिका जाने टोलीलाई नेपाली सेनाको टोलीले बेनबाजा र बिगुल फुकेर पठाउने चलन रही आएको संस्कृतीविद रमानन्द आचार्यले बताउँछन् । त्यो मन्दिरमा वर्षको एक पटक सरकारी टोली पूजा गर्नको लागि जाने गर्दछ। बडिमालिका भगवतीको मन्दिर तर्फ प्रस्थान गर्ने टोलीलाई नेपाली सेनाले सलामी दिएर सदरमुकाम खलंगाबाट बिदाइ गरेको हो ।

    images

    प्रकाशित मिति :भाद्र ४, २०८० सोमवार - १४:२५:०९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको