Logo

बिहिवार, कार्तिक १३ गते २०८३

फेरी मुग्लिन नारायणगढ सडकखण्ड अवरुद्ध

फेरी मुग्लिन नारायणगढ सडकखण्ड अवरुद्ध

जोईन खबर

५, भाद्र २०८०
  • 862
    SHARES
  • फेरी  मुग्लिन नारायणगढ सडकखण्ड अवरुद्ध

    ५ भदौ काठमाडौँ । चितवनको इच्छाकामना गाउँपालिका मुग्लिन नारायणगढ सडकखण्डमा अस्ति परेको भारी बर्षाका कारण सुख्खा पहिरो खसेपछि नारायणगढ मुग्लिन सडकखण्ड अवरुद्ध भएको हो। इच्छाकामना गाउँपालिका इलाका प्रहरी कार्यालय मुग्लिनले इच्छाकामना गाउँपालिका वडा न ६ टोपेखोला नजिकै सोमबार राति सवा ८ बजेतिर पहिरो झरेर सडक दुईतर्फी नै अवरुद्ध भएको बताउनु भयो । 

    images

    माथिबाट ठूलो पहिरो सडकको बिचमा झरेकाले पन्छाउन समय लाग्ने भएको प्रहरीले बताएको छ । सडक डिभिजन कार्यालय भरतपुरले पहिरो गएको ठाउँमा डोजर पठाएको र पहिरो पन्छाउन सुरु गरेको जनाएको छ ।सडक अवरुद्ध हुँदा नारायणगढतर्फ आउने र मुग्लिनतर्फ जाने सवारी साधनहरु सडकमै रोकिएको इच्छाकामना गाउँपालिका इलाका प्रहरी कार्यालय मुग्लिनले बताएको छ । 

    images
    images
    images

    प्रकाशित मिति :भाद्र ५, २०८० मंगलवार - १२:३७:३१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको