५ भदौ काठमाडौँ । चितवनको इच्छाकामना गाउँपालिका मुग्लिन नारायणगढ सडकखण्डमा पहिरोले अवरूद्ध गरेको नारायणगढ–मुग्लिन सडक मंगलबार दिउँसो २बजे देखि खुलेको हो । मुग्लिन नजिकै पुलमा सोमबार साँझ आठ बजे पहिरो खसेपछि सडकमा सावारी साधन ओहरदोहोर गर्ने सकिएको थिएन।
पहिरो सफा भएपछि आज दिउँसो देखि दुईतर्फी नै गाडी चल्न सुरू भएको डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख रमेशप्रसाद पौडेलले बताए । २ दिन देखि राेकिएकाे गाडीकाे जामकाे कारणले सवारीलाइ गुडन तेती सहज भएकाे छैन् ।