५ भदौ काठमाडौँ ।सरकारी कर्मचारी सङ्घले पेन डाउनको कार्यक्रमलाई लम्ब्याउने भएका छन् । राष्ट्रिय खेलकुद परिषद् राखेपकाले आन्दोलनरत कर्मचारी सङ्घहरूले पेन डाउन चार घण्टासम्म लम्ब्याउने भएका हुन् ।
कर्मचारीहरूको बढुवा प्रक्रियालाई निष्कर्षमा पुर्याउन युवा तथा खेलकुद मन्त्रालय तथा व्यवस्थापन पक्षले आलटाल गरेको भन्दै दुई महिना पहिला उनीहरू आन्दोलन गरिरहेका छन् । सङ्घले भोलि ९बुधबार०देखि पेन डाउन कार्यक्रमलाई चार घण्टा पुर्याउने जनाएको छ ।