Logo

बिहिवार, कार्तिक १३ गते २०८३

गोरखा बारपाकको मान्द्रेमा अर्गानिक तरकारी संकलन केन्द्र सुचारु

गोरखा बारपाकको मान्द्रेमा अर्गानिक तरकारी संकलन केन्द्र सुचारु

जोईन खबर

५, भाद्र २०८०
  • 763
    SHARES
  • गोरखा बारपाकको मान्द्रेमा अर्गानिक तरकारी संकलन केन्द्र सुचारु

    ५ भदौ काठमाडौँ। गोरखाको बारपाक सुलिकोट गाउँपालिका वडा न २ पर्ने मान्द्रेमा  कृषकहरुले उत्पादन गर्दै आएका अर्गानिक तरकारी संकलन गरी बजार व्यवस्थापनका लागि संकलन केन्द्र सञ्चालनमा ल्याइएको गाउँपालिकाकाअध्यक्ष बिष्णुप्रसाद भट्टले जानकारी दिनुभयो ।

    images

    बारपाक क्षेत्र तरकारी उत्पादनका लागि राम्रो सम्भावना बोकेको क्षेत्रपनि भएकाले त्यस क्षेत्रमा उत्पादित अर्गानिक तरकारीको बजारसम्म पु¥याउनका किसानले उत्पादन गरेको तरकारी एकै ठाउँमा संकलनको व्यवस्था मिलाउनका लागि बारपाक ग्रामिण बजार तथा संकलन केन्द्र स्थापना गरिएको उहाँले बताउनुभयो ।

    images
    images
    images

    बारपाककाे मान्द्रे क्षेत्रमा उत्पादन तरकारीहरू जस्तै गोलभेडा, काउली, बन्दा, सिमी, घिरौला, खुर्सानी, काक्रो, फर्सी, लौका, कागती, चिचिन्डा, भेन्टा उत्पादन हुदै आएको छ भने फलफुल तर्फ अब्बा, निवुवा, कागती, केराहरु उत्पादन हुने गर्दछ ।

    संकलन केन्द्रमा बारपाकका किसानहरुले उत्पादन गरेका तरकारी संकलन गरी बारपाक गाउँ, गोरखा बजार लगायत अन्य बजारमा पनि बिक्रिका लागि पठाइने बारपाकका संकलन केन्द्रका अध्यक्ष मनबहादुर गुरुङले जानकारी दिनुभयो । संकलन केन्द्रमा हुईचे कृषि समुह, अलगम कृषि समुह, मान्द्रे कृषि समुह र दरगाउँ थैलीडाँडा कृषक समुहले उत्पादन गरेका तरकारी संकलन गर्न थालिएको अध्यक्ष मनबहादुर गुरुङले बताउनुभयो ।

    ‘

     

    प्रकाशित मिति :भाद्र ५, २०८० मंगलवार - १५:२३:२६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको