Logo

बिहिवार, कार्तिक १३ गते २०८३

ललितानिवासमा विजय गच्छदार पनि प्रतिवादी

ललितानिवासमा विजय गच्छदार पनि प्रतिवादी

जोईन खबर

७, भाद्र २०८०
  • 787
    SHARES
  • ललितानिवासमा विजय गच्छदार पनि प्रतिवादी

    ७ भदाै काठमाडौं । बालुवाटारस्थित ललिता निवासको १४३ रोपनी सरकारी जग्गा हिनामिना प्रकरणमा २८६ जनालाई प्रतिवादी बनाइएको छ। संगठित कीर्ते कसुरमा केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले २ महिना लामो अनुसन्धान गरेर २८६ जनालाई प्रतिवादी बनाउन सिफारिस गर्दै जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा फाइल पठाएको छ।

    images

    यी मध्ये २५ जनालाई सीआईबीले पक्राउ गरेको थियो। उनीहरूमध्ये ४ जनालाई हाजिरी जमानीमा छाडिएको थियो। अहिले २१ जना भने हिरासतमै छन्। अब सरकारी वकिल कार्यालय उनीहरुविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गर्नेछ।

    images
    images
    images

    यसअघि भ्रष्टाचारको कसुरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १७५ जनालाई प्रतिवादी बनाएको थियो। ती मध्ये ६५ जना जग्गा फिर्ता उद्देश्यका लागि प्रतिवादी बनाइएको थियो। सीआईबीले भने अख्तियारको भन्दा एक सय जना भन्दा बढीलाई प्रतिवादी बनाइएको छ।

    प्रकाशित मिति :भाद्र ७, २०८० बिहिवार - १६:५३:३८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको