८ भदाै काठमाडाैँ ।गाेरखा जिल्लाकाे गोरखा क्याम्पसमा अध्ययनरत विद्यार्थी तथा प्राध्यापक र कर्मचारीहरुलाई लक्षित गरी आज सार्वजनिक शान्ति बिरुद्धको कसुरको बारेमा जनचेतना मूलक अभिमुखीकरण कार्यक्रम प्रदान गरिएको हाे ।
समुदाय–प्रहरी साझेदारी अवधारणा अन्तर्गत सामुदायिक सेवाकेन्द्र गोरखाको आयोजनामा क्याम्पसको सभाहलमा बिहान एक कार्यक्रमका बिच अभिमुखीकरण प्रदान गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
अभिमुखीकरण कार्यक्रमममा प्रहरी नायव उपरीक्षक (डिएसपी) रमेशकुमार श्रेष्ठले सहभागीहरुलाई सार्वजनिक शान्ति बिरुद्धको कसुर, सजाय लगायतका बिषयमा जानकारी प्रदान गर्नुभएको थियो । अभिमुखीकरण कार्यक्रममा सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरुको पनि सहभागिता रहेको थियो ।