१० भदाै काठमाडाैँ । बाँकेकाे जानकी गाउँपालिका वडा न ४ गिजरामा खोला र पोखरीमा डुबेर तीन युवक र एक बालकको मृत्यु भएको बाँके जिल्ला प्रहरी कार्यालय प्रवक्ता डिएसपी नारायण डाँगीका जानाकारी दिनुभयाे । मृत्यु हुनेमा बाँकेका २१ वर्षीय किरण बर्माको बेलहनी नालामा डुबेर मृत्यु भएको छ भने कोहलपुर नगरपालिका– १ कौशिलानगरका १७ वर्षीय सुरेश सार्कीको महेन्द्र तालमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ ।
साथीहरूसँग खोलामा नुहाउन गएका बर्मा नालामा बेपत्ता भएका हुन् । उनलाई साथीहरूले करिब १५ मिनेटपछि पानीबाट निकालेका थिए । यस्तै, पौडी खेल्ने क्रममा बैजनाथ गाउँपालिका– ३ एलवी चोकस्थित महेन्द्र तालमा नुहाउने क्रममा सार्कीको डुबेर मृत्यु भएको हो । उनीसँगै पौडी खेल्न गएका अन्य दुईजना फरार रहेको प्रहरीले जनाएको छ । थप अनुसन्धान कार्य हुदै छ ।