Logo

बिहिवार, कार्तिक १३ गते २०८३

युनिभर्साइडमा तीन नेपाली निर्णायक

युनिभर्साइडमा तीन नेपाली निर्णायक

जोईन खबर

१०, भाद्र २०८०
  • 682
    SHARES
  • युनिभर्साइडमा तीन नेपाली निर्णायक

    १० भदा काठमाडौँ । ब्राजिलको रियो डि जेनेरियोमा सञ्चालन भइरहेको आइएसएफ यु –१५ जिम्न्साइडमातीन नेपालीहरुले निर्णायकको भूमिका निर्वाह गरेका छन्। उनीहरु बक्सिङका धनकुमार मैनाली तथा तेक्वान्दोका रोशन बोहोरा र राकेश कुमार राई हुन्।रियो डी जेनेरियोको ओलम्पिक पार्कमा भइरहेको प्रतियोगितामा ४४ देशका खेलाडीहरुले विभिन्न १८ खेलमा प्रतिस्पर्धा गरिरहेका छन्।

    images

    धनकुमार अन्तर्राष्ट्रिय बक्सिङ महासंघ (आइबा) को मान्यता प्राप्त नेपालका एकमात्रसेकेन्ड स्टार अन्तर्राष्ट्रिय निर्णायक हुन्।यसअघि उनले थाइल्याण्डको फुकेतमा सम्पन्न फुकेत अन्तर्राष्ट्रिय बक्सिङ च्याम्पियनसिप तथा थाइल्याण्डमै सम्पन्न एएसबीसी यु २२ बक्सिङ च्याम्पियनसिपमा निर्णायक बनेका थिए।

    images
    images
    images

    उज्वेकिस्तानको तासकन्दमा भएको रेफ्री जज सेमीनारमा पनि धन सहभागि भएका थिए।ब्राजिलको अनुभवले आफूलाई थ्री स्टार निर्णायक बन्न महत्वपूर्ण भूमिका खेल्ने र अन्य अवसरहरु पनि प्राप्त गर्न सक्ने धनकुमार बताउँछन्।उनले भने – आसन्न एसियाली खेलकुदमा सिफारिस हुन सके मैले एसियाली खेलकुदमा निर्णायक बन्ने अवसर छ। ब्राजिलको यो अनुभवले मलाई थप अनुभवी बनाउन मदत पुगेको छ। त्यसैगरी तेक्वान्दो रोशन र राकेशले तीन दिनसम्म सञ्चालन भएको तेक्वान्दो प्रतिस्पर्धामा निर्णायक बने।

     

    प्रकाशित मिति :भाद्र १०, २०८० आइतवार - ११:४६:३० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको