Logo

बिहिवार, कार्तिक १३ गते २०८३

पाउँदी खोलामा पौडी खेल्ने क्रममा एक बालकको मृत्यु

पाउँदी खोलामा पौडी खेल्ने क्रममा एक बालकको मृत्यु

जोईन खबर

१०, भाद्र २०८०
  • 1.0K
    SHARES
  • पाउँदी खोलामा पौडी खेल्ने  क्रममा एक बालकको मृत्यु
    १० भदाै काठमाडाैँ । लमजुङ र तनहुँको सिमानामा पर्ने पाउँदी खोलामा पौडी खेल्दै गर्दा  एक बालकको मृत्यु भएको छ । सुन्दरबजार नगरपालिका  वडा न ६ ऐसेलुचौरका १० वर्षीय समर्पण परियारलाई खोलाले बगाएर मृत्यु भएकाे प्रहरीले बताएको छ । सुन्दरबजार  ६ सित्तलचौतारीमा रहेको आदर्श प्रावि कक्षा ४ मा अध्ययन गर्दै अाएका बालसँग १ जना साथी पनि पौडी खेल्न शुक्रबार दिउँसो पाउँदी खोलामा पुगेका थिए।
     
    पौडी खेल्ने क्रममा खोलाले बगाएर ४ सय मिटर तल पु¥याएका ती बालकलाई उद्दार गरिएकोमा उनको त्यसअघि नै मृत्यु भइसकेको अवस्थामा भेटिएको घटनास्थल पुगेका सुन्दरबजार प्रहरी चौकीका प्रमुख वरिष्ठ प्रहरी नायव निरीक्षक रामकृष्ण अधिकारीले बताउनुभयो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदीका अनुसार शुक्रबार दिउँसो पौने २ बजेतिर बालकलाई खोलाले बगाएको र मृत अवस्थामा भेटिएको बताउनुभयो ।
     
    खोलाले बगाएको बालकलको शव सुन्दरबजार नगरपालिका ६ र तनहुँको भानु नगरपालिका ११, मानेचौका जोड्ने पुलनजिकै तनहुँतर्फ भेटिएको उहाँले बताउनुभयो । शवको पोष्टमार्टमको लागि लमजुङ सदरमुकाम बेंसीशहरस्थित जिल्ला अस्पतालतर्फ ल्याइएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।
     
     
     
     
     
     

    प्रकाशित मिति :भाद्र १०, २०८० आइतवार - १५:०१:५० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको