काठमाण्डौ ,भाद्र ११। बुढानीलकण्ठ नगरपालिकामा नक्सा पास तथा भवन निर्माण व्यवस्थापनलाई प्रविधि मैत्री बनाउन अनलाईन प्रणाली eBPS (Eelectronic Building Permit System) लागु गर्न लागेको छ । सोही प्रणाली सम्बन्धी आज नगरपालिकाको आयोजना र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (UNDP) को प्राविधिक सहयोगमा नगरपालिकामा रहेका नगरपालिकाका प्राविधिक शाखा, पूर्वाधार विकास शाखा, कन्सल्टेन्सीहरु तथा सरोकारवाला शाखाका कर्मचारीलाई दुई दिने प्रशिक्षण दिइएको छ । तालिमको आज पार्क भिलेज रिसोर्टमा नगरप्रमुख मिठाराम अधिकारीले उद्घाटन गर्नु भएको थियो । उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख अधिकारिले प्रविधिमैत्री नगर स्थापना गर्ने अभियानको यो प्रारम्भिक सुरुवात भएको बताएका छन ।