Logo

बिहिवार, कार्तिक १३ गते २०८३

टिकटक बन्द गराउन सञ्चारमन्त्रीलाई निवेदन दिए

टिकटक बन्द गराउन सञ्चारमन्त्रीलाई निवेदन दिए

जोईन खबर

१२, भाद्र २०८०
  • 991
    SHARES
  • टिकटक बन्द गराउन सञ्चारमन्त्रीलाई निवेदन दिए

    १२ भदाै काठमाडाैँ । नेपालमा टिकटक बन्द गराउन माग गर्दै  युवराज सफलले सञ्चारमन्त्री रेखा शर्मासमक्ष निवेदन दिएका छन् । टिकटकले नेपालमा अराजकता फैलाएको र यसको नियमन पनि नभएको भन्दै उनले निवेदन दिएका हुन् । रवि लामिछानेविरुद्ध मुद्दा हालेर चर्चामा आएका अभियन्ता युवराजले टिकटकको प्रयोगले नेपालमा छाडातन्त्र, गालीगलौज, मानहानी, अश्लीलता अपराध वृद्धि भएको निवेदनमा उल्लेख गरेका छन् ।

    images

    साथै, टिकटक चलाउनै परेको खण्डमा पहिले नेपालमा सञ्चालन अनुमति लिन लगाउने र टिकटक सञ्चालन मापदण्ड, आचारसंहिता लागू गराउने र फेक आइडीहरूलाई चल्न नदिने वातावरण बनाई टिकटकलाई कानूनी दायरामा ल्याउन समेत माग गर्दछु’, उनको निवेदनमा भनिएको छ ।टिकटकमा गेमको नाममा लाखौँ करोडौँको समेत कारोबार हुने गरेको र गिफ्ट प्राप्त गर्नेहरूले आजसम्म नेपालमा कुनै पनि राजश्व नतिरेको सफलको दाबी छ । उनले आफू पनि टिकटक लाइभमा नबस्ने घोषणा गरेका छन् । 

    images
    images
    images

     

    प्रकाशित मिति :भाद्र १२, २०८० मंगलवार - २१:०२:२० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको