२४ भदौ,काठमाडौं। बितेको २४ घण्टामा देशभर १०८१जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयको बुधबारको नियमित प्रेस ब्रिफिङअनुसार देशभर कुल संक्रमितको संख्या ४९,२१९ पुगेको छ । कोरोनाबाट २४ घण्टामा थप ६ जनाको मृत्यु भएको छ। यससँगै मृतकको संख्या ३१२ पुगेको छ।
पछिल्लो २४ घण्टामा डिस्चार्ज हुनेको संख्या ९१८ रहेको छ । यस्तै निको हुनेको कुल संख्या ३३ हजार ८८२ जना पुगेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।