काठमाडौं । एप्पलले आईफोन १५ लाइनअप सार्वजनिक हुने मिति घोषणा गरेको छ । मंगलबार आधिकारिक वेबसाइट मार्फत कम्पनीले १२ सेप्टेम्बर ९भदौ १२० मा एप्पल इभेन्ट हुने घोषणा गरेको हो । नेपाली समय अनुसार मंगलबार राति १०ः४५ देखि कार्यक्रम प्रसारण हुनेछ । यो इभेन्ट एप्पल टीभी, कम्पनीको वेबसाइट तथा युट्युब च्यानलबाट प्रत्यक्ष प्रसारण हुनेछ । क्यालिफोर्नियामा रहेको स्टिभ जब्स थ्रियटरमा हुने इभेन्टको मुख्य आकर्षण आईफोन १५ सिरिज हुनेछ । अघिल्लो वर्ष सार्वजनिक भएको आईफोन १४ मा ब्याट्री हेल्थ चाँडै घटेको भन्दै प्रयोगकर्ताले गुनासो गरेका थिए । आईफोन १५ का मोडेलहरूका लागि एप्पलले विशेष सतर्कता अपनाएको विभिन्न रिपोर्टहरूले उल्लेख गरेका छन् ।
आईफोन १५ को बेस भेरियन्टमा ए१६ बायोनिक चिप हुनेछ भने प्रो मोडेलमा ए१७ बायोनिक चिप हुने जानकारी बाहिरिएको छ । आईफोन १५ मा हुने यूएसबी टाइप-सी पोर्टलाई सबैभन्दा आकर्षक र बढी खोजिएको फिचरका रूपमा हेरिएको छ । विभिन्न लिकरका अनुसार आईफोन १५ का सबै मोडेलमा टाइप-सी पोर्ट समावेश हुनेछ ।