Logo

बिहिवार, कार्तिक १३ गते २०८३

गोरखामा रुखबाट लडेर वडासदस्यको मृत्यु

गोरखामा रुखबाट लडेर वडासदस्यको मृत्यु

जोईन खबर

१३, भाद्र २०८०
  • 931
    SHARES
  • गोरखामा रुखबाट लडेर वडासदस्यको मृत्यु

    १३ भदाै काठमाडाैँ । गोरखा जिल्लाको आरुघाट गाउँपालिका वडा न ९ घर भएका ३६ बर्षीय वडासदस्य शंकर माँझीको अरिङ्गाल पोल्ने क्रममा रुखबाट लडेर मृत्यु भएको गाउँपालिकाकी उपाध्यक्ष कल्पना नेपालीले जानकारी दिनुभयो ।

    images

    हिजाे साँझ साथीहरुसंगै अरिङ्गाल पोल्न जानु भएका माँझी अरिङ्गाल पोल्न क्रममा एक्कासी रुखबाट खसेर ढुङ्गामा ठाेकीएर  मृत्यु भएको हाे । आरुघाट गाउँपालिका स्थित लामाबगर भन्ने ठाउँमा सिमलको रुखमा अरिङ्गालको गोला पोल्ने क्रममा  सिमालकाे रूखकाे  हाँगा भाँचिएर भुइँमा  खस्दा मृत्यु भएकाे हाे । 

    images
    images
    images

    घाइते माँझीलाई उपचारका लागि आरुघाट प्राथामिक स्वास्थकेन्द्रमा पु¥याइएको र उपचारका क्रममा मृत्यु भएको हो । मृतक माँझी नेपाली काग्रेसबाट वडासदस्यमा निर्वाचित हुनुभएको थियो । वडासदस्य माँझीको दुःखद निधन भएकोमा गाउँपालिकाले आज पालिका भित्र शोक विदा दिएको पालिका उपाध्यक्ष कल्पना  नेपालीले  जनाकारी दिनु भयाे । 

    प्रकाशित मिति :भाद्र १३, २०८० बुधवार - १३:१२:२६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको