Logo

बिहिवार, कार्तिक १३ गते २०८३

नगरपालिकाका मेयर सिंह र प्रमुख प्रशासकीय अधिकृत यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर

नगरपालिकाका मेयर सिंह र प्रमुख प्रशासकीय अधिकृत यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर

जोईन खबर

१३, भाद्र २०८०
  • 892
    SHARES
  • नगरपालिकाका मेयर  सिंह र  प्रमुख प्रशासकीय अधिकृत  यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर

    १३ भदाै काठमाडाैँ । सप्तरीको बोदेबर्साइन नगरपालिकाका मेयर आतेशकुमार सिंह र नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत घनश्याम यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना अन्तर्गत बाख्रा व्यवसायी पकेट कार्यक्रमका लागि छुट्याइएको रकम कामै नगरी भुक्तानी गरेको आरोपमा उनीहरुविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारले जनाएको छ ।

    images

    । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १४ लाख ७१ हजार ९२१ रुपैयाँ बिगो दाबी गर्दै अभियोगपत्र दर्ता गरेको हो ।अख्तियारले वडा-४ अध्यक्ष रामानन्द चौधरी, निमित्त प्रमुख प्रशासकीय अधिकृत घनश्याम यादब, लेखापाल सरोज कुमार मन्डल, पशु विकाश अधिकृत अर्जुनप्रसाद यादवलाई प्रतिवादी बनाइएको छ ।मेयर सिंह २०७४ र २०७९ मा दुबैपटक जनता समाजवादी पार्टी नेपालका तर्फबाट मेयरमा निर्वाचित भएका थिए ।

    images
    images
    images
     

    प्रकाशित मिति :भाद्र १३, २०८० बुधवार - १५:२६:१९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको