Logo

बिहिवार, कार्तिक १३ गते २०८३

गोरखा ताकुकोट सेवा समाजले काठमाडौँमा गाईजात्रा देखायो

गोरखा ताकुकोट सेवा समाजले काठमाडौँमा गाईजात्रा देखायो

जोईन खबर

१४, भाद्र २०८०
  • 2.5K
    SHARES
  • गोरखा ताकुकोट सेवा समाजले काठमाडौँमा गाईजात्रा देखायो

    १४ भदौ काठमाडौं ।  गोरखा ताकुकोट सेवा समाजले काठमाडौँमा गाईजात्रा देखायो ।  पुर्ख्यौली घर ताकुकोट भए पनि लामो समयदेखि काठमाडौंमा बसोबास गरिरहेका उनीहरुले काठमाडौंमै आफ्नो संस्कृति प्रदर्शन गरेका हुन् ।

    images

    j14.jpgकाठमाडौंमा बसोबास गर्ने गोरखा ताकुकोटका नेवार समुदायले बिहीबार काठमाडौंमा गाईजात्रा देखाएका छन् । काठमाडाैँ रहेकाे गाेरखा ताकुकाेट सेवा समाज काठमाडाैँले  विगत ६ वर्ष यता नियमित बर्षहरूमा गोरखा बारपाक सुलिकोट गाउँपालिकाबाट  वडा न ६ ताकुकोटबाट काठमाडौँ आई बवभिन्न पेसा ब्यवसाय गरि बस्ने सबै जातजातीहरू मिलेर संंंयुत्त रूपमा गाईजात्रा मनाउने गर्दै आएका छन् ।

    images
    images
    images

    गोरखा ताकुकोट सेवा समाज काठमाडौँले आफ्नो गाउँठाउँमा मनाउने गरिएको परम्परागत संस्कृतिलाई संरक्षण गर्न गाईजात्रा निकाल्ने गरेको छ। बर्ष भरिमा मृत्यु वरण गरेका आफन्तहरुको सम्झनामा महिला बिते मान्छेलाई नै सिगारेर गाई निकाल्ने र पुरूष बिते मान्छेलाई सिगारेर आफ्नै परिवार भित्रकालाई सिगारेर गोरू निकालिन्छ। आफन्त मृत्यु भएकाहरूले मृत्यु हुनेहरूको सम्झनामा फलफूल खुवाउने गर्दछन् भने जात्रा ठुलो बाजा, झुर्मा पनि बजाईन्छ ।

     घोडा भन्दा अगाडी दश देखी माथी जति  हुन्छ । तिनिहरूलार्इ हाम्राे भाषामा भाेटे तथा चिदार  भनेका हुन्छन्।  विभिन्न भेषभषसामा सबैलाई हसाउने  अर्को गाईको नानीहरू महिलाको कपडा लगाएर बनेका साना साना नानीहरू लार्इ गाईको नानी वा  भुसुना भने गरीन्छ ।  अर्को रोचक भनेको घोडा जुधाउने दुई वा तिन दुबै तिर बराबर बसेर बीचमा एक एक जनाले  समालेर  बाजाको तालमा जुदाउने र उफ्रने हुन्छ । अर्को टाकटुके दुई दुई वटा तिन फिट छतिको लट्ठी लिएर दुवैतिर बराबर लठ्ठी लिएको महिला वा पुरुष लाइनमा बसेर मादलको तालमा गरीने लार्इ टाकटुके  खेल्नु भनिन्छ । 

    j12.jpg

     याे जात्रा काठमाडाैँकाे  वनस्थली  चाेक अक्सफाेर्ड ड्राइभिङ सेन्टर देखी खरीबाेट  रानीबन  राधकृष्ण मन्दिर बाट ढुंगेधारा क्षेत्र हुदै फेरी बनस्थली खाएर अन्ते गरीएकाे हाे ।  गाेरखा बासीले काठमाडाैँ अाएर पनि अाफनाे   सांस्कृतिक नृत्यसहित गाईजात्रा देखाएका हुन् । त्यस क्रममा युवाहरुले टाकटुके नाच पनि प्रदर्शन गरेका थिए । 

    प्रकाशित मिति :भाद्र १४, २०८० बिहिवार - २१:०९:०५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको