Logo

बिहिवार, कार्तिक १३ गते २०८३

तेश्रो केएमसी बास्केटबल बारे जानकारी गराउदै आयोजक

तेश्रो केएमसी बास्केटबल बारे जानकारी गराउदै आयोजक

जोईन खबर

१५, भाद्र २०८०
  • 838
    SHARES
  • तेश्रो केएमसी बास्केटबल बारे जानकारी गराउदै आयोजक

    १५ भदाै काठमाडाैँ । केएमसी स्कुलको आयोजनामा तेश्रो केएमसी अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ ।प्रतियोगितामा विभिन्न ४ विधामा ३८ टिमको सहभागिता रहने केएमसीका निर्देशक डा. मनोजकुमार थापाले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।

    images

    सिनियर ब्वाइजमा १६ तथा जुनियर ब्वाइज र सिनियर गल्र्समा समान ८–८ टिमले प्रतिस्पर्धा गर्ने छन् । सिनियर ब्वाइज सहभागी टिमलाई ४ समूह तथा जुनियर ब्वाइज र गल्र्स टिमलाई २ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ । थ्री अन थ्री स्वरुपमा हुने शिक्षकको प्रतिस्पर्धामा ६ टिमले भाग लिने छन् ।

    images
    images
    images

    प्रतियोगिता सञ्चालन गर्न करिब ३ लाख रुपैयाँ खर्च हुने केएमसीका एकेडेमिक को–ओर्डिनेटर इन्द्रमणि ज्ञवालीले बताए ।केएमसीका प्रिन्सिपल द्धारिकानाथ अम्गाईंले विद्यालयबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन र विद्यार्थीलाई खेलमा लाग्न प्रोत्साहित गर्न प्रतियोगिता आयोजना गरिएको बताए । भदौ २२ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु बुद्धनगरस्थित आयोजकको आफ्नै कोर्टमा खेलाइने छ ।

    प्रकाशित मिति :भाद्र १५, २०८० शुक्रवार - १२:५४:५६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको