Logo

बिहिवार, कार्तिक १३ गते २०८३

प्लास्टिक र कपडा भनेर दुई ट्रक काजु भन्सारबाट पास

प्लास्टिक र कपडा भनेर दुई ट्रक काजु भन्सारबाट पास

जोईन खबर

१५, भाद्र २०८०
  • 910
    SHARES
  • प्लास्टिक र कपडा भनेर दुई ट्रक काजु भन्सारबाट पास

    १५ भदाै काठमाडाैँ । प्लास्टिकको दाना भनेर काजु पास गराइएको भेटिए पछि भन्सार विभागका कर्मचारीहरु अनुसन्धानको घेरामा परेका छन् । भैरहवा भन्सारबाट प्लास्टिकका दाना भनेर काजु पास भएको उजुरी अर्थ मन्त्रालयसम्म उजुरी परेपछि छानबिन गर्दा दुई ट्रक काजु र लत्ताकपडा भएको फेला परेपछि भैरहवा भन्सारका कर्मचारीदेखि हाकिमसम्म निगरानीमा परेका हुन ।

    images

    भारतबाट नेपाल भित्रिएको दुई ट्रकमा प्लास्टिकको दाना थिए भनिएको थियो । ट्रक नम्बर ना ५ ख ३३५ नम्बरको नेपाली ट्रक र यूपी ५३ जीटी ०५७८ नम्बरको भारतीय मालवाहक गाडी भन्सारबाट पास भए ।बेलहिया भन्सार कार्यालय प्रवेश गरेका दुई वटा ट्रक चेकजाँच गर्दा कपडा, काजु, किसमिसलगायतका सामान भेटिएपछि अर्थ मन्त्रालयसम्म हलचल मच्चिएको छ ।भैरहवा भन्सार कार्यालयले प्लास्टिक भनेर दुई ट्रक काजु पास गराइएको भेटिएसँगै त्यहाँका हाकिम समेत निगरानीमा परेका छन् ।प्लास्टिक भनेर दुई ट्रक पास गराइएको सूचना अर्थ मन्त्रालयसम्म आइपुग्यो।

    images
    images
    images

    भन्सारमा आएको सामान चेकजाँच गरी प्रक्रिया अनुसार पास भएको थियो। भन्सारको कर्मचारीबाट नै त्यो सामान प्लास्टिक नै हो भन्ने यकिन गरिएको थियो। अर्थात् जाँचपास भैसकेको थियो।तर प्लास्टिक नभएको सूचना अर्थ मन्त्रालयमा नै आइपुग्यो। त्यसपछि भन्सार विभागका मानिर्देशक शोभाकान्त पौडेललाई प्लास्टिक भनेर काजु किन भन्सार पास भैरहेको छ भनेर स्पष्टीकरण सोधका छन्,त्यहाँका भन्सार प्रमुख मनिराम पौडेलसँग ।अर्थ मन्त्रालयका एक अधिकारीका अनुसार त्यसपछि तत्काल रेकी गर्न भन्सार विभागका महानिर्देशकले भन्सार कार्यालयलाई निर्देशन दिए। 

    प्रकाशित मिति :भाद्र १५, २०८० शुक्रवार - १३:१८:४२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको