१५ भदाै काठमाडाैँ । गाेरखाकाे गोरखा नगरपालिका वडा न १४ को मझुवा देउरालीकाे प्रहरी चौकी नजिकैको उकालोमा शुक्रबार बिहानै सुख्खा पहिरो खस्दा गोरखा–आँबुखैरेनी राजमार्ग केही बेर सम्मा अबरुद्व भएको थिए । गाेरखा आँबुखैरेनी सडकखण्ड मझुवा देउरालीमा मेसिन प्रयोग गरेर सफा गरी एकतर्फी सडक सञ्चालनमा ल्याएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका प्रहरी उपरिक्षक अनुपम श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार थप मेशिन प्रयोग गरि केही समय पछि दुवै तर्फको सडक सञ्चालनमा आउने बताउनु भयाे । पहिरोका कारण बिहान ३ः०० बजेदेखी सवारी अवरुद्व भएको थियो ।उक्त ठाउमा बिहान २ः०० बजेतिर नै पहिरो गएको स्थानिय बासीन्दाकाे भनाइ छ ।