मकवानपुरको हेटौडा उपमहानगरपालिका ११ थानाभर्याङमा आज विहान भ्यानको ठक्करबाट १ महिलाको मृत्यु भएको छ । नामथर, ठेगाना नखुलेकाे अंन्दाजी ४० बर्षिया महिलालाई मधेश प्रदेश ०३ ००१ च ६९४३ नम्बरको भ्यानले ठक्कर दिएको हो । भ्यानको ठक्करबाट गम्भिर घाइतेलाउनको हेटौडा अस्पताल उपचारको क्रममा बिहान छ बजे मृत्यु भएको छ । भ्यान र चालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 