Logo

बिहिवार, कार्तिक १३ गते २०८३

गाउँपालिकाले तिज बिशेषकाे दिन पारी गीत तथा बक्तृत्वकला प्रतियोगिता आयोजना गर्ने

गाउँपालिकाले तिज बिशेषकाे दिन पारी गीत तथा बक्तृत्वकला प्रतियोगिता आयोजना गर्ने

जोईन खबर

२१, भाद्र २०८०
  • 928
    SHARES
  • गाउँपालिकाले तिज बिशेषकाे दिन पारी  गीत तथा बक्तृत्वकला प्रतियोगिता आयोजना गर्ने

    २१ भदाै काठमाडाैँ । गोरखाको भीसमेन थापा गाउँपालिकाले तिजमा  गीत तथा बक्तृत्वकला प्रतियोगिताको आयोजना गर्ने भएको छ । यसै गरी नेपाली हिन्दु नारीहरुको महान पर्व हरितालिका तिजको अवसर पारेर प्रतियोगिताको आयोजना हुने भएकाे हाे । 

    images

     यही भदौ १३ गते बसेको गाउँ कार्यापालिकाको बैठकले पालिका भित्र तिज गीत र  बक्तृत्वकला प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको पालिका प्रमुख प्रशासकिय अधिकृत चित्रबहादुर अधिकारीले जानकारी दिनुभयो । यस कार्यक्रममा तिज गित प्रतियोगितामा पालिका भित्रका प्रत्येक वडाबाट एकएक समुह र वक्तृत्वकला प्रतियोगिता पालिका भित्रका माध्यामिक विद्यालयहरुबाट एकएक जनाको सहभागिता रहने गाउँपालिकाले जनाएको छ । 

    images
    images
    images

    यसमा  तिज गितकाे प्रतियोगितामा  सहभागीता हुने समुहलाइ प्रथम हुने लाइ नगद रु १० हजार, दोस्रो रू ७ हजार,तेस्रो रु ५ हजार  नगद पुरस्कार प्रदान गरिने प्रमुख प्रशासकिय अधिकृत अधिकारीले बताउनुभयो ।बक्तृत्वकला प्रतियोगितामा सहभागीले हुने समूहलाइ प्रथमलाइ रू ५ हजार,दोस्रो रू ४ हजार, तेस्रो रू ३ हजार र सान्तव्ना हुने लाई २ हजार पुरस्कार प्रदान गरिने   गाउँपालिकाले जनाएको छ ।

    प्रकाशित मिति :भाद्र २१, २०८० बिहिवार - १२:४२:५७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको