Logo

बिहिवार, कार्तिक १३ गते २०८३

सैनिक महाविद्यालयमा स्कुल टु ओलम्पिक कार्यक्रम

सैनिक महाविद्यालयमा स्कुल टु ओलम्पिक कार्यक्रम

जोईन खबर

२२, भाद्र २०८०
  • 721
    SHARES
  • सैनिक महाविद्यालयमा स्कुल टु ओलम्पिक कार्यक्रम

     २२ भदाै काठमाडाैँ । भक्तपुर सल्लाघारीस्थित सैनिक आवासीय महाविद्यालयले  बिहीबार स्कुल टु ओलम्पिक कार्यक्रम आयोजना गरेको छ । नेपाल ओलम्पियन्स संघको समन्वयमा भएको अन्तरक्रियात्मक कार्यक्रम स्कुल टु ओलम्पिकमा ओलम्पियन र अन्य खेलाडीले विधार्थीहरुको बीचमा आफ्नो अनुभव साटेका थिए ।

    images

    ५० वर्षअघि नेपालका लागि पहिलो अन्तर्राष्ट्रिय पदकका रुपमा एसियन ट्र्याक एन्ड फिल्डमा म्याराथनमा कास्य पदक जितेको जीतबहादुर केसी, नेपाल ओलम्पिक कमिटी (एनओसी) का महासचिव निलेन्द्रराज श्रेष्ठ, ओलम्पियन विष्णुबहादुर सिंह, ओलम्पियन्स संघका अध्यक्ष एवंम् कीर्तिमानी तेक्वान्दो खेलाडी दीपक विष्ट, महासचिव राजेन्द्र भण्डारी, ओलम्पियन सरस्वती चौधरी र १२ औं र १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा फुटबलका स्वर्ण पदक विजेता गोलकिपर विकेश कुथेले विधार्थीहरुलाई आफ्नो खेल जीवनको सुरुवात, सफलता, असफलता, खेलाडीप्रति समाजको दृष्टिकोणका बारेमा चर्चा गरेका थिए ।

    images
    images
    images

    विधार्थीहरुले खेलकुद र अध्ययनलाई कसरी सँगै अघि बढाउन सकिन्छ ? खेलेर जीविकोपार्जन गर्न सक्ने अवस्था छ ? नेपाली अन्तर्राष्ट्रिय प्रतियोगितामा सफलता हासिल गर्न नसक्नुको कारणका बारेमा जिज्ञासा राखेका थिए ।ओलम्पियन विष्टले समयको उचित व्यवस्थापन गर्न सके अध्ययन खेललाई संगै लैजान सकिने बताएका थिए । गोलकिपर विकेशले फुटबलमा खेलेर पनि बाच्ने अवस्था रहेको बताए । एनओसी महासचिव श्रेष्ठले अन्तर्राष्ट्रिय सफलताका लागि खेलाडीले चाहेर मात्र नहुने सरकारले प्रशिक्षण र वातावरण पनि निर्माण गर्नुपर्नेमा जोड दिए ।

    जीवनमा एउटा असफलताबाट हार नखाइ दृढ भएर आफ्नो लक्ष्यमा लाग्ने हो भने सफलता मिल्ने धावक राजेन्द्र भण्डारीले बताए । सिओल ओलम्पिकमा बक्सिङमा पाराग्वेका खेलाडीलाई जितेपछि आफ्नो डोपिङ टेष्ट गरेको अनुभव ओलम्पियन सिंहले साटेका थिए । ओलम्पियन केसी र चौधरीले पनि आफ्नो खेल जीवनका बारेमा विधार्थीहरुलाई सुनाएका थिए ।महाविद्यालयका विधार्थीहरुले नृत्यका साथै तेक्वान्दो खेलको प्रदर्शन गरेका थिए । महाविद्यालयका प्रमुख व्यवस्थापक नारायणबहादुर थापाले ओलम्पियनहरुलाई धन्यवाद दिए । महाविद्यालयका प्राचार्य दलबहादुर पुनले फुटबल, क्रिकेट, भलिबल, मार्सल आर्टसका खेलहरुको नियमित अभ्यास हुने जानकारी दिए ।

    व्यवस्थापक थापा र प्राचार्यले ओलम्पियनहरुलाई मायाको चिनो प्रदान गरेका थिए । ओलम्पियन संघको सहकार्यमा यसअघि काभ्रे साँगाको नेपाल प्रहरी स्कुल, कीर्तिपुरको एपिएफ स्कुलले स्कुल टु ओलम्पिक कार्यक्रम आयोजना गरेको थियो । त्यसअघि विभिन्न प्रदेश खेलकुद विकास परिषद्ले स्कुल टु ओलम्पिक कार्यक्रम आयोजना गरेको थियो । कर्णालीले सुर्खेत र जुम्लामा, सुदूरपश्चिमले धनगढी र भिमदत्त नगरपालिकामा, कोशीको इटहरीमा, लुम्बिनीको सिद्धार्थनगरमा स्कुल टु ओलम्पिक कार्यक्रम गरेको थियो । विश्व ओलम्पियन एसोसिएसनको ‘सर्भिस टु सोसाइटी, सर्भिस टु ओलम्पियन’ नारालाई सार्थक तुल्याउन नेपाल ओलम्पियन संघ लागीपरेको बताए ।

    प्रकाशित मिति :भाद्र २२, २०८० शुक्रवार - ११:५२:०२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको