२२ भदाै काठमाडाैँ । गोरखा बारपाक सुलिककाेट गाउँपालिका वडा न ६ का ताकुकोट पाल्खु तथा कोटथोक स्थित श्री भिमसेनको रथयात्रा आज भाद्र २२ गते प्रारम्भ हुदैछ । विशेष गरी अाजकाे याे चाडपर्व र पूजा नेवार जातिले मनाइने गरीन्छ। ताकुकाेट पाल्खु तथा कोटथोकस्थित भिमसेन मन्दिरमा रहेको श्री भिमसेनको मुर्तिलाई मन्दिरबाट निकाली अबीर माला सहीत भिमसेन पूजा गर्ने वा जात्रामा बाजागाजा सहित मन्दिर परिक्रमा गराएपछि रथमा राखि दिनभर तथा अबेर रातसम्म मन्दिर परिसर मै दर्शनको लागी राखिन्छ।
यसै गरी पाल्खु तथा ताकुकोट बारपाक सुलिकोटको छिमेकी वडाबाट परम्परा अनुसार श्री भिमसेनको दर्शन गर्न र भक्तजनहरूको भीड लाग्ने गर्दछ । याे पर्वमा भाकल गर्ने तथा दर्शन गर्ने भक्तजनहरूले बोका, कुखुरा, हाँस, परेवा आदि पशुपंक्षीको बलि दिने प्रचलन रहेको छ । २३ गते पाल्खु बहाकोट, भन्ज्याङ तथा कोटथोकको गुठियारहरूको उपस्थितिमा रथ उचालि गुठियारहरूको घर-घरमा रथ लगि पुजाअर्चना गरि कुखुराको बलि चढाईन्छ । उक्त अबसरमा छकडा नाँच, लाखे नाँच नचाउने गरीन्छ । 'भिमसेन जात्रा' नामले प्रख्यात यो जात्रा आज र भोली गरी दुई दिन सम्म लाग्नेछ । जात्रा हेर्न बिभिन्न ठाउँबाट मानिसहरूको भिड लाग्ने गर्दछ ।